कारोबार


अल-न्यू इन्टरटेन्मेन्ट बिस्ट पोको एम३ लन्च हुँदै, मूल्य कति?

अल-न्यू इन्टरटेन्मेन्ट बिस्ट पोको एम३ लन्च हुँदै, मूल्य कति?

नेपालखबर
जेठ १७, २०७८ सोमबार १०:५३,

इन्डस्ट्रि रिडिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा आज आफ्नो लेटेस्ट बजेटको स्मार्टफोन पोको एम ३ को लन्च गरेको छ।

४८ एमपी ट्रिपल क्यामेरा सेटअप, ६ हजार एमएएच ब्याट्री, सुन्दर एफएचडी+ को स्मार्टफोन डिस्प्ले र क्वालकम® स्न्यापड्रागन टीएम६६२ चिपसेटको साथ,पोको एम ३ योंग इन्टरटेन्मेन्ट–अन –द–मुभ इन्थुजियास्टका लागि नेक्स्ट ‘आइटी’ उपकरण हो।

पोको एम ३ ले पोको नेपालको एम सिरिजको पहिलो सुरुवातलाई जनाउँछः यो ब्रान्डको पूर्ण रुपमा नयाँ क्याटागोरीमा पर्दछ। यसको न्यू प्रडक्ट लाइन पोको ग्लोबल सक्सेसमा निर्मित छ जसले यसको एफ सिरिज र टप–अफ–द–लाइन र साथै मिड–रेन्ज क्याटागोरीको एक्स सिरिजसँगको प्रभावसँग प्रतिस्पर्धा गर्दै सबै ग्लोबल टेक्नोलोजी प्रेमीहरुकालागि ब्रान्डलाई अझै खुल्ला बनाउँछ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर श्री सौरभ कोठारीले भने, ‘पोको एम ३ ले हाम्रा प्रयोगकर्ताहरुका लागि पावरफुल क्यामेरा, ६००० एमएएचको ब्याट्री र एफएचडी+ को डिस्प्लेको प्रस्तुत गर्दै साँच्चिकै उन्नत अनुभव ल्याउँछ। पोको एम ३ का साथ हाम्रा प्रयोगकर्ताहरुले ट्रिपल क्यामेरा सेटअपको साथमा स्ट्रिमिंग गर्ने,गीत सुन्ने र भिडियोहरु रेकर्ड गर्ने जस्ता आफूलाई अधिक मनपर्ने कार्यमा बढी समग्र खर्च गर्न पाउँछन्। हामी प्रत्येक तहमा सोचेको भन्दा बढी प्रदान गर्दै पोको एम ३ को साथमा यसको उपकरणको क्याटागोरीलाई फ्लिप गर्दैछौँ।’

उत्कृष्ट ब्याट्री लाइफ
यसको क्लासमा सबैभन्दा ठूलो ब्याट्री क्यापासिटीले सुसज्जित पोको एम ३ ले यो ग्यारेन्टी दिन्छ कि एकदम एभिड गेमरहरु पनि दिनभर ब्राउज, कनेक्ट र स्ट्रिम गर्न यसको ठूलो ६००० एमएएचको हाई चार्ज ब्याट्रीको मद्दतले पूर्ण पावर्ड हुन्छन्। यो फोन लाइट युजेज अन्तर्गत ५ दिनभन्दा बढी टिक्ने र मोडरेट युसेज अन्तर्गत ३ दिनभन्दा कम टिक्ने आशा गरिएको छ। यसलाई हेभी सेजमा पूर्ण ड्रेन हुनको लागि करिब १.५ दिन लाग्छ। यसै गरी पोको एम ३ ले यसको विशेष डिजाइन गरिएको ब्याट्रीको साथ पञ्चप्याक गर्दछ जसले उच्च तापमानलाई प्रतिरोध गर्छ र करिब २ं.५ वर्ष सम्म नोटेबल डिग्रेडेशन बिना लामो समय सम्म चल्ने अनुभवलाई सुनिश्चित गर्दछ।

यसको ड्युराबिलिटीको साथ साथै पोको एम ३ ले तपाईँको मीयुआर्ई अल्ट्रा ब्याट्री सेभिङ्गमोड र १८ वाटको दु्रत चार्जको साथ प्रयोगकर्ताहरुको लागि छिटो र अधिक कन्सिस्टेन्ट चार्जिंग स्पिड प्रदान गर्दछ। यो उपकरण २२.५ वाटको इन–बक्स चार्जरको साथ आउँदछ र रिभर्स वायर्ड चार्जिङ्गलाई इन्हान्स कन्भेनियन्स प्रदान गरेर समर्थन गर्दछ।

अनन्त मनोरञ्जनको लागि स्टनिंग डिस्प्ले
एक सही मनोरञ्जन बिस्ट पोको एम ३ ले ६.५३ इन्चको एफएचडी+ डट डिस्प्ले २३४०इन्टु१०८० हाई रेजोलुशनको साथ प्रभावशाली १५००ः१ को कन्ट्रास्ट रेसियो र १९.५ः९ को एस्पेक्ट रेसियोलाई ड्याज्लिंग एज–टु–एज भ्यु एक्सपेरियन्सको लागि प्रदर्शन गर्दछ। यसको कर्निङ्ग®गोरिल्ला®ग्लास ३ को फ्रन्ट स्क्रिनले झर्न र कोरिनबाट मोबाइललाई सुरक्षा प्रदान गर्दछ र यसको एन्टी–फिंगरप्रिन्ट टेक्सटर्ड ब्याक कभरले सुरक्षित पकड र सुपेरियर लाइट–वेट फिलको महसुस दिलाउँछ। पोको एम ३ एक साइड–माउन्टेड फिंगरप्रिन्ट सेन्सरले सुसज्जित छ जसले युजर एसेसिबिलिटीमा सम्झौता नगरी एक मिनिमलिस्टिक फ्रन्ट स्व्रिmन डिजाइनलाई सक्षम गर्दछ।

पोको एम ३ एक भन्दा बडी तरिकामा सजिलो छ–यो टीयुभी रिनल्यान्ड लो ब्लु लाइटबाट प्रमाणित छ जसको मतलब प्रयोगकर्ताहरुले मिनिमलआई स्ट्रेनको साथ घण्टाैंको सामग्री हेर्न सक्दछन्। डस्ट ब्लास्टरको साथ डुअल स्पीकर सिस्टम रहेको पोको एम ३ ले एक इमर्सिभ इनडोर मनोरञ्जनको अनुभनको लागि सुपेरियर साउन्डको प्रदान गर्दछ।

४८ एमपीको ट्रिपल क्यामेरा सेटअप बोनस फोटोग्राफी सुविधाहरुको साथ
फोटोग्राफीको स्किल्सहरुलाई अर्को तहमा लैजान तयार, पोको एम ३ ले स्मार्टफोनको बजारमा आकर्षक मूल्यको ४८ एमपीको ट्रिपल क्यामेरालाई प्रस्तुत गर्दछ जुन २ एमपीको म्याक्राे क्यामेरा र २ एमपीको डेप्थ सेन्सरबाट सपोर्टेड छ। यसै गरि उपकरणको ८ एमपीको सेल्फी क्यामेराले तपाईँको सेल्फी गेमलाई पनि सुनिश्चित राख्दछ।

रमाइलोपन पोको एम ३ को क्रियटिभ न्यू सफ्टवेयर अफरिंगहरुको साथ जारी रहन्छ। मुभीफ्रेमले फोटोहरुलाई सिनेम्याटिक फ्लेवर दिन्छ जब कि टाइम ल्याप्सका विभिन्न स्पिड भ्यालुहरुले विभिन्न दृश्यहरु कैद गर्न लाभ प्रदान गर्दछ। नाइट मोडले कलर कन्ट्रास्टलाई बुस्ट गरेर अँध्यारो वातावरणमा लिइएको तस्बिरहरुलाई इन्हान्स गर्दछ भने कलर फोकसले स्पेसिफिक टोन्सलाई पप गर्दछ ताकि तपाईँ स्टडको रुपमा उभिन सक्नुहुन्छ। किलर मोमेन्ट्सहरु कैद गर्न र तपाईँको सामाजिक खेललाई पक्रन यो भन्दा पहिले कहिल्यै सजिलो भएको छैन!

शानदार मोबाइल प्रदर्शन प्रदान गर्दै
क्वालकम® स्न्यापड्रागन टीएम६६२ प्रोसेसरको सुविधा रहेको पोको एम ३ ले एक शानदार अनुभव प्रदान गर्दछ जुन यस मूल्य तहमा पहिले कहिल्यै देखिएको थिएन। क्वालकम® एड्रनो टीएम६१० जीपीयुको साथ तपाईँले एक स्मुथ गेमिंग र भिडियो एक्सपेरियन्सको अनुभव प्राप्त गर्नु हुनेछ–र हाफ द साइजमा उच्च–गुणवत्ता फोटोहरु स्टोर गर्ने अवसर प्राप्त गर्नु हुनेछ।

पोको एम ३ को ११ न्यानो मिटरको प्रोसेसरले उच्च प्रदर्शन, कम हिट उत्पादन र कम पावर कन्जम्पसन गर्दछ जसले यसको क्याटागोरीमा हुनै पर्ने उपकरणको भूमिका निर्वाह गर्दछ। यसको युएफएस स्टोरेजको उच्च प्रदर्शन, गति र मल्टि टास्किंगको आश्वासनको साथतपाईँले आफ्नो प्रतिस्पर्धी भन्दा छिटो एप्लिकेसनहरु र गेम्सहरु खोल्न सक्षम हुनुहुनेछ।

स्मुथ अपरेटिंग सिस्टमको साथ आफ्नो हातको हत्केलाबाट सहज मनोरञ्जनको अनुभव लिनुहोस्। मीयुआई गेम बुस्टरले तपाईँलाई वास्तविक समयका सिपियु र जिपियु प्रयोग ट्राक गर्न अनुमति प्रदान गर्दछ भने भ्वाइस चेन्जरले तपाईँको गेमिंग एक्सपेरियन्समा ठूलो बदलाब ल्याउँछ। यसका साथ साथै तपाईँले आफ्नो साथीहरुलाई मनोरञ्जनमा सामेल गर्नको लागि एक्सटर्नल मनिटरमा आफ्नो स्क्रिनलाई कास्ट गर्न सक्नुहुनेछ।

एक अद्वितीय डिजाइन
२०० ग्राम भन्दा कम तौल रहेको पोको एम ३ले एक स्टाइलिस डिजाइन प्रदान गर्दछ जसले तपाईँलाई कहिल्यै निराश तुल्याउँदैन र सधैँ आफ्नो पकड बलियो रहने कुरालाई सुनिश्चित गर्दछ। रिडिजाइन गरिएको साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर सजिलैसँग पहुँच योग्य छ जसले तपाईँलाई आफ्नो फोनलाई एक क्षणमा अनलक गर्न दिँदै एक सानो ग्रुभ र राउन्डेड कर्नरहरु पनि सार्प एजेजहरुलाई न्यून गर्न समावेश गर्दछ। पोको एम ३ ले यसको ६००० एमएएच ब्याट्री जुन यसको प्रतिस्पर्धीहरु भन्दा कम तौलको छ र २० प्रतिशत भन्दा बढी ब्याट्री लाइफको प्रदान गर्दछ।

उपलब्धता र मूल्यः
पोको एम ३ तीनवटा रंगको भेरियन्टहरुमा उपलब्ध हुनेछः कूल ब्लु, पोको यल्लो र पावर ब्ल्याक। यो अथोराइज्ड स्टोरहरुमा, अनलाइन र रिटेल पार्टनरहरुमा जुन ७, २०२१ देखि उपलब्ध हुनेछ।

‘एभरिथिङ्ग यु निड एण्ड नथिङ्ग यु डन्ट’को सिद्धान्तलाई पछ्याउँदै पोकोले आफ्नो दर्शकहरु माझ यो दर्शनलाई पूरा गर्न जारी गर्दछ र आफ्नो पोर्टफोलियोमा लेटेस्ट थपका साथ नयाँ ग्राहकहरुलाई आकर्षित पार्दछ।

४ जीबी+६४ जीबीको भेरियन्टः नेपाली रु १७ हजार ९९९

४ जीबी+१२८ जीबीको भेरियन्टः नेपाली रु १९ हजार ९९९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad