बौद्धमा एक फ्रान्सेली नागरिक मृत भेटिएका छन्। अन्दाजी ६५ वर्षका मार्क गेरार्ड कोठाभित्र मृतअवस्थामा भेटिएको बौद्ध प्रहरीले बताएको छ।
राहदानी नम्बर ०८ सिके ०४१२३ का मार्क कोठा भित्रबाट बाहिर ननिस्केपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
उनी बौद्धको नयाँबस्तीको एक घरको भुईं तलामा डेरा गरि बस्ने गरेको प्रहरीले जनाएको छ।
उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

प्रतिक्रिया