सरकारले चालू आर्थिक वर्षमा कुल विनियोजनको ८५.९ प्रतिशत खर्च हुने संशोधित अनुमान गरेको छ।
विनियोजनमध्ये चालूतर्फ ९१.४ प्रतिशत, पुँजीगततर्फ ७१.३ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ८५.२ प्रतिशत खर्च हुने अनुमान गरिएको हो।
बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आवमा लक्ष्यको तुलनामा ९४.८ प्रतिशत राजस्व संकलन हुने अनुमान रहेको बताए।
त्यस्तै वैदेशिक अनुदान २७ अर्ब ६ करोड र विदेशी ऋण १ खर्ब ६२ अर्ब १० करोड परिचालित हुने संशोधित अनुमान गरेको मन्त्री पौडेलले बताए।
आन्तरिक ऋणतर्फ २ खर्ब २३ अर्ब परिचालित हुने सरकारको अनुमान छ।
सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो। तर अर्थ मन्त्रालयले अर्धवार्षिक बजेट समीक्षा गर्दै १४ खर्ब ७४ अर्बको चालू आवको बजेट १३ खर्ब ४४ अर्बमा झारेको छ।

प्रतिक्रिया