चालू आर्थिक वर्षमा घरजग्गा कारोबार क्षेत्र २.६ प्रतिशतले बढ्ने अनुमान रहेको छ।
अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षणमार्फत कुल मूल्यअभिवृद्धि गत वर्षको तुलनामा बढ्ने अनुमान गरेको हो।
गत आर्थिक वर्ष २.४ प्रतिशतको वृद्धिदर रहेको थियो।
आर्थिक वर्ष ०७५/०७६ मा रियल स्टेट तथा व्यावसायिक सेवा क्षेत्रको ६.१ प्रतिशत कुल मूल्य अभिवृद्धि रहेको अर्थ मन्त्रालयकै तथ्यांकले देखाएको छ।
आर्थिक वर्ष ०७५/०७६ मा कुल गार्हस्थ्य उत्पादनमा ११.६ प्रतिशत योगदान रहेको थियो।
महामारीका बीच गत वर्ष ०७६/०७७ मा ९.२ प्रतिशत योगदान रहँदा चालू आर्थिक वर्षमा ९.४ प्रतिशत योगदान रहने अनुमान गरिएको छ।
3
Shares

प्रतिक्रिया