कारोबार


८० करोड नतिरेपछि सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज

८० करोड नतिरेपछि सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज

नेपालखबर
भदौ २, २०७६ सोमबार ११:४८,

दूरसञ्चार सेवा प्रदायक नेपाल स्याटेलाइट कम्पनीको अनुमति पत्र नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको छ। प्राधिकरणले दिएको म्यादमा बक्यौता तिर्न नसकेपछि अनुमति पत्र खारेज गरिएको हो।

हेलो नेपाल नामबाट सेवा प्रदान गर्दै आएको उक्त दूरसञ्चार कम्पनीले प्राधिकरणलाई करिब ८० करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ।

प्राधिकरणबाट नेपाल स्याटेलाइटले ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र पाएको थियो। उसले मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका दुर्गम स्थानमा सेवा पु‍¥याउने शर्तमा २०६४ फागुन ५ मा अनुमतिपत्र पाएको थियो।

पटक–पटक बक्यौता चुक्ता गर्न प्राधिकरणले ताकेता गरे पनि बक्यौता रकम बुझाएको थिएन।

प्राधिकरणले आइतबार अनुमतिपत्र खारेज गरेको हो।

यो कम्पनी व्यवसायी अजेयराज सुमार्गीको हो।

किन भयो अनुमति खारेज?

प्राधिकरणले बक्यौता रकम असुल गर्न निरन्तर ताकेता गर्दै आएको थियो। सोहीअनुसार गत साउन १८ गते बसेको प्राधिकरणको सञ्चालक समिति बैंठकले नेपाल स्याटेलाइटलाई १५ दिनभित्र सात करोड तीन लाख रकम तिर्न म्याद दिएको थियो। सो अनुसार पनि नेपाल स्याटेलाइट अघि नबढेपछि आइतबार अनुमतिपत्र खारेज गर्ने निर्णय गरिएको प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले नेपालखबरलाई बताए।

असार मसान्तसम्म बक्यौता नबुझाउनेलाई प्राधिकरणले १० दिने म्याद दिएर स्पष्टीकरण सोधेको थियो। प्राधिकरणले साउन ६ गते नेपाल स्याटेलाइटलाई अनुमति पत्र किन खारेज नगर्ने भनेर स्पष्टीकरण सोधेको प्राधिकरणले जनाएको छ।

लाइसेन्स रद्दका भित्री पाटा छन्ः अजय सुमार्गी
हेलो नेपालमा ९ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ। सरकारको निर्णयले सो लगानी अन्याैलमा परेको  छ।

नेपालखबरलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘नेपाल टेलिकम, युटिएल र अरु टेलिफोन सेवा प्रदायकलाई २०औं अर्ब रुपैयाँ छुट दिइरहँदा कसरी यस्तो निर्णय भयो मैले बुझ्न सकेको छैन। यसका भित्री पाटाहरु छन्। म भर्खर विमानस्थलमा अवतरण गरेको छु। धेरै कुरा गर्न सक्ने अवस्थामा छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad