कारोबार


लक्ष्मी प्रिकास्टले ल्यायो डल्फिन ब्लक, यी हुन् विशेषताहरु

लक्ष्मी प्रिकास्टले ल्यायो डल्फिन ब्लक, यी हुन् विशेषताहरु

नेपालखबर
भदौ २, २०७६ सोमबार ११:३२,

लक्ष्मी प्रिकास्ट सोल्युसन्सले डल्फिन ब्लक सीएलसी नेपाली बजारमा ल्याएको छ। डल्फिन ब्लक घर तथा व्यावसायिक भवनको लागत ३० प्रतिशतभन्दा बढीले कटौती गर्ने र परम्परागत इँट्टाको तुलनामा निकै बलियो हुने कम्पनीले दाबी गरेको छ।

भवनहरुको सुरक्षाका विषयमा बढी चासो राख्ने यूरोपेली मुलुकहरुमा यस्तो ब्लकको लोकप्रियता र प्रयोग निकै बढी रहेको कम्पनीले जनाएको छ। अन्य मुलुकमा पनि यसको प्रयोग दिनदिनै बढिरहेको दाबी कम्पनीको छ। किफायती लागतमा सुरक्षित घर बनाउन चाहनेले यसलाई बढी रुचाएको कम्पनीले जनाएको छ। रातो इँट्टाजस्तो खेर जाने प्रतिशत यसमा लगभग शून्य हुने, सिमेन्टमा आधारित जोइन्ट मोर्टारले जोड्न सकिने हुँदा गारो लगाउँदा सिमेन्ट र बालुवामा हुने खर्च बचत गर्न सकिने कम्पनीले जनाएको छ।

आवासीय घर, कार्यालय भवन, व्यापारिक केन्द्र तथा बहुतल्ले अपार्टमेन्टका साथै विद्यालय, होटल, अस्पताल, कारखाना जस्ता संरचना निर्माणमा यसको प्रयोग गर्दा ईट्टाको लागत २० प्रतिशत र श्रमिक खर्च ५० प्रतिशत भन्दा बढी घटाउन सकिन्छ। भित्री भागमा प्लास्टर गर्नु नपर्ने र जोड पनि कम हुने हुँदा प्लास्टर र जोडमा लाग्ने समान र श्रमिक खर्च बचत हुन्छ। बाहिरी भागमा पनि ५ एमएम प्लास्टर गर्दा पुग्छ ्रयसको प्रयोगले भवनको भार कम हुने पुष्टि भएको छ जसले गर्दा स्टील खर्च पनि कटौती हुने कम्पनीले जनाएको छ। यसले बनेका भवनहरु भूकम्पीय जोखिमको हिसाबले सुरक्षित मानिन्छ।

डल्फिन ब्लकको थर्मल कन्डक्टिभीटी रातो इँट्टाको तुलनामा २० प्रतिशत मात्र हुने जसले गर्दा गर्मीको मौसममा चिसो र जाडोको मौसममा न्यानो हुन्छ। यो ब्लक आगो र ध्वनि प्रतिरोधी हुन्छ। आवाज सोस्ने क्षमता परम्परागत इँट्टाभन्दा बढी हुन्छ। पानी एकदमै कम सोस्ने हुँदा यसलाई क्युरिंग गर्नुपर्ने झन्झट पनि रहँदैन। यो ब्लक प्रयोग गर्दा भवनको समग्र भार ३० प्रतिशतभन्दा बढीले कम हुन्छ। भार कम हुने कारण अग्ला भवन निर्माणमा यसलाई उत्कृष्ट मानिन्छ।

हलुका र ठुलो साइज भएको कारणले ढुवानी खर्च पनि कम हुन्छ। यसलाई काट्न, प्वाल खोप्न, किल्ला ठोक्न सजिलो हुने हुँदा यसमा प्लम्बिङ्ग र वाइरिङ्ग गर्न पनि सजिलो भएकोले निर्माण गर्ने श्रमिकहरुको पनि रोजाइमा पर्दै छ। किरा र धमिराले असर नगर्ने, ओसिलोको समस्या नहुने जस्ता अन्य थुप्रै विशेषताहरु रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad