राजनीति


अध्यक्ष प्रचण्ड भन्छन्, ‘यो सरकार पाँच वर्ष’

अध्यक्ष प्रचण्ड भन्छन्, ‘यो सरकार पाँच वर्ष’

नेपालखबर
भदौ २, २०७६ सोमबार ११:२६,

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच वर्ष रहने बताएका छन्। स्वर्गीय रामवृक्ष यादवको सम्झनामा सिराहाको बर्मजियामा आयोजित सभामा सहभागी हुन जाने क्रममा जनकपुरमा उनले यस्तो बताएका हुन्।

‘यो सरकार पाँच वर्षसम्म नै चल्छ। प्रधानमन्त्री केपी शर्मा ओलीबीच सहमति कार्यान्वयन हुनेमा म विश्वस्त छु’, जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘पहिलो वर्ष कानुनी जटीलताका कारण सरकारले अपेक्षाअनुसार काम गर्न सकेन तर अब तीब्र गतिका साथ अघि बढ्छ।’

प्रधानमन्त्री ओलीले आइतबार संसदमा यो सरकार ५ वर्षसम्म नै चल्छ भनेको भोलिपल्ट प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो। नेकपाका अर्का नेता माधवकुमार नेपालसँगै उनी सिराहाका बर्मजिया पुगेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad