उदयपुर सिमेन्ट उद्योग लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
उद्योगले ३ अर्ब ३८ करोड रुपैयाँबराबरको आईपीओ निष्काशन गर्ने भएको हो।
कम्पनीको २० देखि ३३औँ वार्षिक साधारण सभा जेठ ३० मा हुँदै छ। उद्योगको सञ्चालक समितिको २७ गतेको बैठकले भिडियो कन्फ्रेन्समार्फत साधारणसभा गर्न लागेको हो।
साधारणसभाको विशेष प्रस्तावमै ४ अर्बको चुक्ता पुँजीलाई १० अर्ब रुपैयाँको बनाउने उल्लेख छ।
त्यसैगरी उद्योगको नाममा रहेको ऋणको सावाँ रकम १ अर्ब ७२ करोड र ब्याज १ अर्ब ६६ करोड गरी ३ अर्ब ३८ करोडलाई साधारण सेयर कायम गरी नेपाल सरकारको सावाँ तथा ब्याज रकम राफसाफ गर्ने प्रस्ताव गरिएको छ।
त्यसबाहेक सामान्य प्रस्तावको रुपमा सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले विगत १४ वर्षका सञ्चालक समितिका वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने रहेको छ।
लेखापरीक्षकको प्रतिवेदनसहित २०६४ देखि २०७७ सम्मको वासलात तथा सोही मितिमा समाप्त भएको सन्दर्भ आर्थिक वर्षको नाफा नोक्सान बाँडफाँट तथा नगद प्रवाह विवरणलगायत सम्पूर्ण वित्तीय विवरण पारित गर्ने प्रस्ताव गरिएको छ।

प्रतिक्रिया