एकहप्ता लकडाउन बढाउने जानकारी दिँदै दिल्लीका मुख्यमन्त्री केजरीवालले कोरोनाबाट अस्पतालमा कार्यरत डाक्टरको मृत्यु भएमा एक करोड क्षतिपूर्ति दिइने बताएका हुन्।
केजरीवालले दिल्लीमा लकडाउनले कोरोना संक्रमणको मामिला पहिलेभन्दा ३६ प्रतिशतले घटाएको जानकारी दिँदै ३१ मेसम्म लकडाउन लागू हुने बताए।
यसअघि केजरीवालले कोरोना कहर अवधिभर दिल्लीका नागरिकलाई निशुल्क रासन र मासिक पाँच हजार दिने घोषणा गरेका थिए। बीबीसी

प्रतिक्रिया