ad ad

कारोबार


निम्बसले अत्यावश्यक ठाउँमा प्रो-टेकको मास्क र स्यानिटाइजर उपलब्ध गराउने

निम्बसले अत्यावश्यक ठाउँमा प्रो-टेकको मास्क र स्यानिटाइजर उपलब्ध गराउने

नेपालखबर
जेठ ४, २०७८ मंगलबार १२:८,

निम्बसले महामारी विरुद्ध लड्ने संगठन, स्वयंसेवक, र अग्रपंक्तिमा रहेर सेवा दिनेहरुलाई ‘प्रो-टेक’को मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने भएको छ।

कम्पनीले सबैभन्दा आवश्यक रहेको ठाउँहरु अस्पताल, क्वारेन्टिन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सरकारी निकाय आदिलाई प्राथमिकतामा राखेर ‘प्रो–टेक’को मास्क र स्यानिटाइजर बाँड्ने तयारी गरेको छ। यी मास्क र स्यानिटाइजर कम्पनीले आफ्नो अनलाइन सेवा (लिंक) मार्फत सम्बन्धित स्थानमा पु¥याउने जनाएको छ।

निम्बसले अहिले नै शहीद गंगालाल अस्पताल, नेपाल पत्रकार महासंघ, र अपठ्यारोमा परेकाहरुलाई निःशुल्क खाना खुवाउने स्वयंसेवकहरुद्वारा संचालित संगठन, हटैबिटलाई मास्क वितरण गरिसकेको छ।

‘हालको परिस्थिति नेपाल सहित संसार भरि नै अत्यन्त नाजुक रहेको हुनाले तुरुन्तै यसको हलका निम्ति काम गर्नु आवश्यक रहेको छ। विगतमा राष्ट्रलाई आवश्यक परेको बेलामा निम्बस अघि बढेको थियो। यो आवश्यकता अहिले झनै महत्वपूर्ण भएको छ । यो कम्पनी फेरि कोभिड–१९ को दोस्रो लहर विरुद्ध लड्न राहत लिएर आएको छ’ कम्पनीले भनेको छ।

अहिलेको कठिन समयमा सानो सहयोगले पनि ठूलो महत्व राख्दछ र कोभिड–१९ ले लिएर आएको सङ्कटलाई सामना गर्न मद्दत गर्दछ।

निम्बसका प्रबन्ध निर्देशक, आनन्द बगरिया, भन्छन्, ‘हाम्रो सुरक्षाका निम्ति यस महामारी विरुद्ध लड्ने सबै प्रति हामी भित्रै देखि कृतज्ञ छौँ। विश्वले भोगिहेको यो कठिन चुनौतीलाइ हराउन हामी सबैले ऐक्यबद्धता देखाएपछि मात्र सम्भव हुन्छ। यसका निम्ति हामी विभिन्न संगठनहरु र सरकारसँग सहकार्य गरेर सहयोगबाट वञ्चितहरुलाई सहायता गर्न चाहन्छौँ।’

प्रो-टेक निम्बसको स्वास्थ र सरसफाई ब्राण्ड हो जसले उच्च गुणस्तरको ‘एन्टि माइक्रोबाइल केएन९५ मास्क,३पीएलवाई मास्क र विश्व स्वास्थ संगठनको मापदण्ड अनुसारको ७६ प्रतिशत इथानोल रहेको स्यानिटाइजर उत्पादन गर्दछ।

आफूलाई आवश्यक परेको संख्या उल्लेख गरेर संगठन र स्वयंसेवकहरुले ‘प्रो–टेक’ मास्क र स्यानिटाइजरका लागि निवेदन दिनका लागि (लिंक) मा गएर ‘डोनेट प्रो–टेक’ बटन थिच्न सकिनेछ अथवा ९७७–९८२८०९१६९१ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .