कारोबार


कोरोना संक्रमणबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

कोरोना संक्रमणबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार १२:२८,

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको ज्यान गएको छ।

उनको कोरोना संक्रमणका कारण बिहीबार अपराह्न ज्यान गएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले जानकारी दिए।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका गैरे नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुन्।

कोरोना संक्रमणका कारण थप जटिलता देखिएपछि उनलाई काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो।

त्यसअघि नै ह्याम्स अस्पतालमा भर्ना भएपनि आईसीयू बेड नपाएपछि उनलाई ६ दिन पहिले केएमसीमा सारिएको थियो।

तर बिहीबार अपराह्न अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको महासचिव श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad