नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिनै लाग्दा त्यसबारे थप निर्णय लिन अहिले बैठक बसिरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सचिवालयले जनाएको छ।
नयाँ गठबन्धनको नेतृत्व गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको पनि पदाधिकारी बैठक बसेको छ।
यसअघि आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो।
देउवाको नेतृत्वमा सरकार बनाउन प्रचण्ड सक्रिय रुपमा लागिरहेका छन्।
3
Shares

प्रतिक्रिया