कारोबार


बिजुली बजार आर्क ब्रिजमुनिको ट्रयाक व्यवस्थित बनाउन निर्देशन

बिजुली बजार आर्क ब्रिजमुनिको ट्रयाक व्यवस्थित बनाउन निर्देशन

नेपालखबर
बैशाख २७, २०७८ सोमबार १२:२३,

उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला करिडोर स्थित बिजुलीबजारको आर्क ब्रिज मुनीको ट्रयाक तत्काल व्यवस्थित गर्ने बताएकी छन्।

आज बिहान धोबीखोला करिडोरको २४ किलोमिटर लामो बाटो निरीक्षण गर्ने क्रममा बिजुलीबजार पुगेकी विकास आयुक्त ढकालले बिजुलीबजार पुल मुनीको बाटो तत्काल बनााउन निर्देशन दिएकी हुन्।

करिब ६ महिना अघि शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला करिडोर निरीक्षण गर्ने क्रममा बिजुलीबजार पुग्दा बन्द रहेको ट्रयाक तत्काल खोल्न आग्रह गरेका थिए। त्यसको करिब १५ दिनपिछि सो ट्रयाक खुलेको थियो।

ट्रयाक खुलेपनि खानेपानीको पाईपको कारण व्यवस्थित नभएपछि पुनः समस्या आएको थियो। समस्या सुनुवाई गर्न बिजुलीबजार पुलमुनीको बाटो निरीक्षण गर्न पगेकी विकास आयुक्त ढकालले सकेसम्म चालु आबमा सो ट्रयाकलाई व्यवस्थित बनाउने जानकारी दिइन्।

११ वर्षअघि शुरु भएको सो आयोजनामा हालसम्म ३ अर्ब ११ करोड रुपैयाँ खर्च भैसकेको छ। साढे ४ अर्ब रुपैयाँ लागतमा सम्पन्न गर्ने योजना रहेको सो परियोजना अन्तर्गत हालसम्म २३ किमि सडक, करिब ३ किमि ढल व्यवस्थापन र निर्माण, र १८ किमि कालोपत्र गर्ने काम सम्पन्न भैसकेको छ।

विकास आयुक्त ढकालले पहिलो चरणमा बिजुलीबजारको पुलमुनीको ट्रयाक निर्माण गरी सजिलै सवारी आवागमन भएपछि अन्य काम निरन्तर गर्दै लैजाने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad