लुमिनस पावर ब्याकअप सोलुसन र सनवर्थ सोलार प्यानलको लागि नेपालको आधिकारिक बिक्रेता अमट्रेड प्रा लीले आफ्नो ग्राहकहरुलाई गुणस्तरीय सामान र बिक्रीपश्चातका सेवाहरु उपलब्ध गर्दै आएको छ।
ग्राहकले लुमिनस ब्राण्डको इन्भर्टर र ब्याट्री खरिद गरे पछि कम्पनीले वारेन्टी अवधिभर नेपालका विभिन्न जिल्लाहरूमा निःशुल्क होम सर्भिस सेवा पनि प्रदान गर्दै आएको छ।
अमट्रेड प्रा लिका सह–महाप्रबन्धक योगराज ढुंगानाले कम्पनी सधैँ आफ्नो ग्राहकहरुका लागि उत्कृष्ट सेवा सुविधा प्रदान गर्न तत्पर रहेको र अहिले नेपाल सरकारद्वारा जारी गरिएको निषेधाज्ञालाई ध्यानमा राखेर ग्राहकहरुलाई बिक्रीपश्चातका सेवामा सहजता होस् भन्ने उद्देश्यका साथ टेलि टेक्निसियन सेवाको सुरुवात गरेको जानकारी दिए।
ढुङ्गानाका अनुसार यो सेवा लिनका लागि नेपालभरका लुमिनसका ग्राहकहरुले निषेधाज्ञाको समयमा आफ्नो इन्भर्टर र ब्याट्रीमा कुनै पनि समस्या आएमा फोन कल वा ‘ह्वाट्स एप’मार्फत आफ्नो समस्याको भिडिओ रेकर्ड गरि ९८०२००२५६६ मा पठाइ सुझाव तथा परामर्श लिन साकिन समेत बताएका छन्।
विस्तृत जानकारीका लागि लुमिनस नेपालको फेसबुक पेजमा गएर बुझ्न सकिनेछ।

प्रतिक्रिया