कारोबार


नर्भिक अब ‘कोभिड अस्पताल’

नर्भिक अब ‘कोभिड अस्पताल’

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार १४:१०,

नर्भिक इन्टरनेशनल हस्पिटल वर्तमान समयको आवश्यकतालाई मध्यनजर गर्दै ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण भएको जनाएको छ।

नर्भिकले आफूलाई ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गर्दै सेवा दिन सुरु गरेको निकै दिन भइसकेको छ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रीत गरेको र त्यसलाई थप परिस्कृत गर्दै लगिएको बताए। उनले बिरामीहरुको अनुरोधलाई मध्यनजर गरी नर्भिकले आफूलाई कोभिड अस्पतालमा रुपान्तरण गरेको समेत प्रष्ट पारे।

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै ठूला अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरणका लागि गरेको घोषणाको सिंहले स्वागतसमेत गरे। नर्भिकले कोभिड संक्रमणको दोश्रो लहर सुरु भएसँगै यो अवस्थाको आँकलन गरी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरिसकेको थियो।

उनले भने, ‘सरकारले समेत सोहीअनुसारको घोषणा गरेकोमा हामी खुशी छौं। अब अरुले पनि आफ्नो सेवालाई कोभिड केन्द्रित गर्नुपर्ने देखिएको छ।’

कार्यकारी निर्देशक सिंहकाअनुसार हाल नर्भिक अस्पतालमा उपलब्ध १३५ शैयामध्ये ९० शय्या कोभिड शय्याको रुपमा रुपान्तरित भइसकेका छन्। ती ९० शय्या कोभिडका बिरामीले भरिएका छन्।

नर्भिकमा रहेका ३५ आईसीयू बेडमा पनि कोभिडकै सिकिस्त बिरामीलाई राखिएको छ। हाम्रो अस्पतालमा उपलब्ध बेडहरु अहिले भरिभराउ छन्।

सिंहले भने, ‘हामीले सरकारको नीति निर्देशनभित्र रहेर बेड संख्या थप गर्ने विषयमा समेत गृहकार्य गरिरहेका छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad