कारोबार


‘आईसीटी इन्फ्रास्ट्रक्चर डिजिटल नेपालको लागि अपरिहार्य’

‘आईसीटी इन्फ्रास्ट्रक्चर डिजिटल नेपालको लागि अपरिहार्य’

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार १३:४९,

आईसीटी वीक २०२१ को अवसरमा ‘एमओसीआईटी’ ले ह्वावे, ‘यूएनसीडीएफ’, ‘सीएएन’ फेडरेशन, एफएनसीसीआई, केयू, र एमओसीआईटी’ का प्यानलिस्टहरूसँग वेबिनारको आयोजना गरेको थियो।

जसले आईसीटीसँग सम्बन्धित क्षेत्रहरुमा उनीहरुको प्रयासको बारेमा छलफल गरेको छ।

ह्वावे नेपालका सीईओ विलियम झांगले डिजिटल नेपालको लागि कम्पनीको योगदान र योजनाको बारेमा प्रकाश पार्दै छोटो प्रस्तुति दिए।

यूएनसीडीएफका क्रिस्टोफर वोल्फले नेपालमा समावेशी डिजिटल अर्थव्यवस्था स्कोर ‘आईडीईएस’ को बारेमा कुरा गरे।

‘सीएएन’ फेडरेशनका नारायण थापाले नेपालमा आईसीटी विकासको भिजनमा प्रस्तुती दिए।

‘एफएनसीसीआई’ का मंगेशलाल श्रेष्ठले आईसीटी विकास र डिजिटल अर्थतन्त्रका लागि कसरी अगाडि बढ्ने भन्नेमा छलफल गरे।

केयूका मनीष पोखरेलले महामारीको क्रममा र त्यस पश्चात शिक्षामा आईसीटीको भूमिका बारे प्रकाश पारे।

सूचना प्रविधि विभाग, एमओसआईटी का प्रमुख सहसचिव अनिल कुमार दत्तले डिजिटल नेपाल फ्रेमवर्कको बारेमा छलफल गरे, जुन हालको १५ औँ आवधिक योजनामा गेम(चेन्जर परियोजनामा समावेश हुँदैछ।

एमओआईटीका सचिव हरि बस्यालले नेपालमा आईसीटी क्षेत्रको भूमिका सम्बन्धी छलफलमा सहभागी भएकोमा सबैलाई धन्यवाद व्यक्त गरे। उनले ह्वावेलाई पनि धन्यवाद दिए र भने, ‘म ह्वावे नेपालप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु जसले नेपालमा विक्रेताको भूमिकामा आईसीटी विकासलाई समर्थन र प्रबर्धन गरिरहेको छ।

वेबिनारमा विलियमले डिजिटल नेपालको लागि आईसीटी पूर्वाधारको अपिहार्यता को बारे छलफल गरे।

सस्तो मूल्यमा गुणस्तरीय दूरसञ्चार सेवाको गति बढाउने सरकारको योजना अनुरुप ह्वावे नेपाल सबै टेलिकम अपरेटरहरू, आईएसपीहरू, सरकार र नेपालमा सबै आईसीटी सरोकारवालाहरुसँग उच्च गुणस्तर, फराकिलो कभरेज र किफायती ब्रोडब्यान्ड कनेक्टिभिटी र उन्नत डाटा सेन्टर सहितको डिजिटल फाउंडेशनमा योगदान पु-याउन प्रतिबद्ध छ ।

ह्वावेले नेपालमा आईसीटी उद्योगका लागि स्वस्थ र दिगो वातावरण निर्माण गर्न चार सुझावहरू पेश गरेको छ :

स्पेक्ट्रम प्रयोगमा सुधार गर्ने।

बढी भन्दा बढी ब्रोडब्यान्ड प्रदायकलाई अन्तर्राष्ट्रिय ब्यान्डविथको लागत घटाउने तिर लैजाने।

दुर्गम क्षेत्रहरूमा टावरहरू निर्माण गर्न अपरेटर र सरकारी कोषहरू बीच टावर सह–प्रयोग गर्ने।

ब्रोडबैंड ईन्टरनेट एमबीबी र एफबीबीको प्रयोगकर्ता अनुभव सुधार गर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad