ad ad

कारोबार


अत्यावश्यक बैंकिङ्ग सेवाको लागि एनआईसी एसिया बैंकको ‘एकीकृत हेल्प डेस्क’ सेवा

अत्यावश्यक बैंकिङ्ग सेवाको लागि एनआईसी एसिया बैंकको ‘एकीकृत हेल्प डेस्क’ सेवा

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ६:३४,

एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरूलाई सहज रुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउनका लागि ‘एकिकृत हेल्प डेस्क’को सेवा सञ्चालन गरेको छ।

मुलुकभर फैलिएको कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित असहज अवस्थालाई नियन्त्रण गर्न स्थानीय प्रशासनबाट देशका विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी गरेको अवस्थामा ग्राहकहरूलाई बैंकले अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको हो।

बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहकहरूले बैंकको डिजिटल माध्यमहरू (मोबाइल/इन्टरनेट बैंकिङ्ग, वेबसाइट तथा आई सर्भिस) को माध्यमबाटै आफूलाई आवश्यक पर्ने अधिकतम बैंकिङ्ग सेवाहरू लिन सक्नेछन्।

उक्त डिजिटल माध्यमहरूबाट सेवा लिन कठिनाइ भएमा वा सेवा सम्बन्धी गुनासो भएमा वा कुनै जानकारी लिनु परेमा ग्राहकहरूले बैंकले खटाएका उक्त सेवासम्बन्धी विज्ञ अधिकृतहरूलाई सम्पर्क गरी सजिलै एवं यथाशीघ्र समाधान पाउन सक्ने बैंकले जनाएको छ।

यसका लागि ग्राहक महानुभावहरूले बैंकको टोल फ्रि नं. १६६०–०१–७७७१ वा सीप लाइन नं. ०१–५९७०१०१ मा सिधै फोन गर्न सक्नेछन्। त्यहाँ उपलब्ध आइभिआर पद्धतिद्वारा ग्राहक महानुभावहरूले निम्नलिखित सेवाका लागि सम्बन्धित अधिकारीसँग कुरा गर्न सक्ने बताइएको छ : 

Nic asia2021a

यस जोखिमका बेला बैंकका सेवा सम्बन्धी जानकारी लिन यो सेवा प्रभावकारी हुने बैंकको विश्वास छ। केन्द्रीय तहबाट मात्रै ग्राहकहरूको समस्या तथा गुनासाहरू समाधान नहुने वा समय धेरै लाग्नसक्ने कुरालाई मध्यजनर राख्दै बैंकले प्रादेशिक तथा उपप्रादेशिक तहमा समेत बैंकको उच्च ओहोदाका कर्मचारीहरुलाई नै अग्रपंक्तिमा उभिएर ग्राहकहरुको सेवामा सहयोग गर्न निम्नलिखित ग्राहक सहायता केन्द्रको स्थापना गरेको छ : 

Nic asia2021b

Nic asia2021c

Nic asia2021d

Nic asia2021e

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .