ad ad

कारोबार


गर्मी मौसमका लागि टीसीएलले ल्यायो वाइफाइबाट चल्ने एयर कन्डिसनर

गर्मी मौसमका लागि टीसीएलले ल्यायो वाइफाइबाट चल्ने एयर कन्डिसनर

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार ८:२६,

इलेक्ट्रोनिक्स तथा होम एप्लाएन्सका लागि विश्वकै टप २ ब्रान्ड मानिने टीसीएलले यस गर्मी मौसमका लागि वाइफाइबाट चल्ने एयर कन्डिसनर लिएर आएको छ।

आर–३२ प्रविधिका ग्याँस प्रयोग भएका इन्भर्टर टेक्नोलोजीद्वारा निर्मित टिसियलका एयर कन्डिसनरहरु अरु एयर कन्डिसनरको तुलनामा वातावरणमैत्री मानिन्छन्।

वाइफाइमार्फत चल्ने टीसीएल इन्भर्टर एयर कन्डिसनरमा २४–घण्टाको टाइमर, अटो रिस्टार्ट, इन्डिपेन्डेन्ट डि–ह्युमिडिफिकेसन, अटो प्रोटेक्सनजस्ता विशेषताहरु रहेका छन्।

त्यस्तै, सानो आवाजमा चल्ने यी एयर कन्डिसनरहरुमा खिया लाग्ने समस्या नरहेको पनि बताइएको छ।

कम्प्रेसरमा ५ वर्षको वारेन्टी हुने टीसीएलका एयर कन्डिसनरहरुलाई बजारमा उत्कृष्ट गुणस्तरको मानिन्छ।

हालको समयमा वाइफाइको प्रयोगबाटै सबै काम सहज बन्दै गएकाले टीसीएलका वाइफाइबाट चल्ने एयर कन्डिसनरले ग्राहकहरुलाई नयाँ अनुभूति दिलाउने पनि बताइएको छ।

यस एयर कन्डिसनरलाई स्मार्ट टिभी, मोबाइल, जुनसुकै वाइफाइबाट, जहाँसुकैबाट पनि कन्ट्रोल गर्न सकिन्छ।

यस टीसीएल ब्रान्डलाई चौधरी ग्रुपअन्तर्गत रहेको सीजी इलेक्ट्रोनिक्सको ईओएल प्रालिले नेपाली बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .