काठमाडौंको त्रिपुरेश्वरस्थित ओम सर्जिकल कन्सर्नका सञ्चालक र भन्सार एजेन्टका प्रतिनिधिसहित ४ जना मिलेर करोड रुपैयाँभन्दा बढी राजस्व छली गरेको पाइएको छ।
राजश्व अनुसन्धान विभागका अनुसार चिकित्सा सामग्री व्यापारी तथा भन्सार प्रतिनिधिले मिलेमतोमा न्यूनतम मूल्यको गलत कागजात तयार गरेर राजश्व छली गरेका हुन्।
उनीहरूले वास्तविकभन्दा फरक मालवस्तु भन्सार घोषणा गरी सरकारलाई नोक्सान तथा आफूहरूलाई फाइदा हुने गरी काम गरेको अनुसन्धानबाट पत्ता लागेको छ।
ओम सर्जिकल कन्सर्नका सञ्चालक दलबहादुर भण्डारी र भन्सार एजेन्टका प्रतिनिधि रामबाबु जमकटेलले १ करोड ६ लाख ७२ हजार ९ सय ९ रुपैयाँ राजस्व छली गरेको विभागले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो।
भण्डारी र जमकटेलसहित ४ जनाविरूद्ध उच्च अदालत (पाटन) मा मुद्दा दायर गरिएको पनि विभागले जनाएको छ।
प्रतिक्रिया