नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेजसहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ।
अफरअन्तर्गतका सेवाहरु २०७७ चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग गर्न सकिनेछन्।
यसअघि उपलब्ध विन्टर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराइएको टेलिकमले जनाएको छ।
नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जिबी डाटाको अफर जम्मा २ सय ९९ रुपैयाँमा उपलब्ध गराइएको छ।
स्प्रिङ अफर अन्तर्गत नै ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा १ सय २५ रुपैयाँमा सबै नेटवर्कमा १ जीबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जीबी डाटा अफर ल्याइएको छ।
५ दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ। यो अफर पनि २४सै घण्टा प्रयोग गर्न सकिन्छ।
साथै, २ घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी ३० रुपैयाँको अर्को अफर पनि थप गरिएको छ। यो अफर चौबीसै घण्टा कुनै पनि समयमा उपयोग गर्न सकिन्छ।
नयाँ वर्षको अवसरमा कम्पनीका जिएसएम मोबाइल ग्राहकहरुका लागि जम्मा २ सय ८० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा प्याक अफर ल्याइएको छ। यो प्याक अन्तर्गत लिइएको ३ जीबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ।
यसैगरी डाटा प्याकअन्तर्गत नै जम्मा ९५ रुपैयाँमा १.५ जीबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराइएको छ। यो प्याक ७ दिनसम्म चौबीसै घण्टा प्रयोग गर्न सकिन्छ।
सिडिएमए मोबाइल र वाइम्याक्स सेवाका ग्राहकहरु कम्पनीकै अन्य सेवामा रुपान्तरण हुने क्रम जारी रहेकोले ती सेवाका ग्राहकहरुका लागि विन्टर अफरका रुपमा उपलब्ध विभिन्न अफर र सुविधाहरुमध्ये सीमित अफरहरुलाई मात्र निरन्तरता दिइएको छ।
विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार१४१५ह्याक्स डायल गर्नुपर्ने छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ।
त्यसैगरी कम्पनीको वेबसाइट मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ।
Shares

प्रतिक्रिया