ad ad

कारोबार


राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरको नयाँ कार्यसमिति चयन (नामावलीसहित)

राजेन्द्र मल्लको नेतृत्वमा चेम्बरको नयाँ कार्यसमिति चयन (नामावलीसहित)

नेपालखबर
चैत २७, २०७७ शुक्रबार ११:२१,

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन्। कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो।

चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन्। उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन्।

कार्यसमितिका निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको सपथग्रहण पनि गरेका छन्।

chember-2077-12-27.jpg

कार्यसमितिका निर्वाचित ५५ सदस्यहरूको नाम यसप्रकार छः

वाणिज्य तर्फ (१५)
कमलेश कुमार अग्रवाल, दिपक कुमार मल्होत्रा, मनोज कुमार केडिया, निलकण्ठ चौलागाई, सन्तोष कुमार पाण्ड, नवराज ढकाल, राष्ट्रभुषण चाकुबजी, राजु श्रेष्ठ, दिपक काजी तुलाधर, सुरेन्द्र कुमार सारदा, निरज राई, राम श्रेष्ठ, टिकाराम शर्मा ढुंगेल, अशोक कुमार अग्रवाल, कैलाशचन्द्र गोयल।

उद्योग तर्फ (९)
राजेन्द्र मल्ल, राजेन्द्र प्रसाद अर्याल, किशोर कुमार अग्रवाल, सुमित कुमार अग्रवाल, सुवास चन्द्र संघाई, नरेन्द्र बल्लभ पन्त, सुधिर मित्तल, उर्मिला श्रेष्ठ, दिपेश रत्न तुलाधर।

जिल्ला तर्फ (१५)
ओम कृष्ण विमली, विजय साह, पंकज जालान, दीर्घमान श्रेष्ठ, महादेव पोखरेल, भाईचन्द्र श्रेष्ठ, दिपक श्रेष्ठ, भिमलाल पौड्याल, सतिस कुमार अग्रवाल, रोसन भोयद्यो, नन्द कुमारी लम्साल(निर्मला), सुगन्ध कुमार गुप्ता, सुशिल पाण्डेय, तुफान खड्का (तिलक), कृष्णमान श्रेष्ठ।

नगर तर्फ (१)
मन्जु बज्राचार्य,

वस्तुगत संघ तर्फ (९)
अर्जुन प्रसाद शर्मा, सुरेन्द्र कुमार श्रेष्ठ, रमेश महर्जन, मृगेन्द्र मेहेर श्रेष्ठ, रत्नतारा तुलाधर, मनोहर दास मुल, संजय कुमार अग्रवाल, सुरेन्द्र भाई शाक्य, किरण कुमार डंगोल।

द्विराष्ट्रिय संस्थागत (३)
त्रिभुवन धर तुलाधर, दिपक कुँवर, विनायक शाह।

आवद्ध तर्फ (३)
देबेन्द्र भक्त श्रेष्ठ, राजारत्न तुलाधर पर्शुराम दाहाल।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .