माछापुच्छ्रे बैंकले देशका सातै प्रदेशमा क्यूआर कोड सेवा सुरुवात गरेको छ।
नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्धेश्य तथा आम नागरिक माझ डिजिटल बैंकिङ्ग सेवाको पहुँच बिस्तार गर्ने लक्ष्य सहित माछापुच्छ्रेले सातै प्रदेशमा क्यूआर कोड सञ्चालन गरेको हो।
कर्णाली प्रदेशको सुर्खेतस्थित कृषि बजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाइन, अल्का यातायात, नमुना हङकङ बजार हटियालाइन गरि ४ स्थानमा क्यु.आर.कोड सेवाको सुरु गरिएको छ।
नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्दप्रसाद नागिलाले ती स्थानमा सेवाको सुरुवात गरेको हो।
त्यसै गरि बैंकले मंगलवार राजधानीको मनोहरा स्थित तरकारी बजारमा नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कडेलले व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरे। यसअघि बैंकले बिभिन्न समयमा अन्य प्रदेशहरुमा औपचारिक कार्यक्रमहरु गरि क्यूआर कोड सेवा सुरु गरेको थियो।
आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानिको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ। यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ।
बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतका विभिन्न व्यसायीहरुलाई प्रदान गरेको क्यूआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ।
प्रतिक्रिया