ad ad

कला


‘थलाइवी’को ट्रेलर सार्वजनिक कार्यक्रममा यसरी रोइन् कंगना रनवत (भिडियो)

‘थलाइवी’को ट्रेलर सार्वजनिक कार्यक्रममा यसरी रोइन् कंगना रनवत (भिडियो)

नेपालखबर
चैत १०, २०७७ मंगलबार १३:९,

बलिउड अभिनेत्री कंगना रनवत जन्म दिनको अवसर पारेर फिल्म ‘थलाइवी’को ट्रेलर सार्वजनिक गरिएको छ।

मंगलबार चेन्नइमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्मको ट्रेलर सार्वजनिक भएको केही बेरमै सामाजिक सञ्जाल र मिडियामा छाएको छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री कंगना डाको छोडेर रोएकी थिइन्। कंगनाले आफू रोएको भिडिओ सामाजिक सञ्जालमा सेयर गरेपछि उक्त भिडिओ अहिले भाइरल हुन पुगेको छ।

सामाजिक सञजाल ट्विटरमा उक्त भिडिओ सेयर गर्दै कंगनले लेखेकी छन्, ‘म आफूलाई बब्बर शेरनी भन्छु, किनभने म कहिल्यै रुँदिन र कसैलाई रुवाउने मौका पनि दिँदिँन्। म पछिल्लो पटक कहिले रोएकी थिएँ भन्ने मलाई याद पनि छैन्। तर आज धेरै नै रोएँ, मलाई एकदमै आनन्द महसुस भइरहेको छ।’

उनी चलचित्रका निर्देशक विजयको तारिफ गर्ने क्रममा भावुक हुँदै रोएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .