कारोबार


सरकारले काठमाडौंका धेरै जाम हुने स्थानमा आकाशेपुल निर्माण गर्ने

सरकारले काठमाडौंका धेरै जाम हुने स्थानमा आकाशेपुल निर्माण गर्ने

नेपालखबर
साउन २७, २०७६ सोमबार ११:३६,

सरकारले काठमाडौंको ट्राफिक जाम हुने मुख्य–मुख्य स्थानमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने घोषणा गरेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंको कोटेश्वर, गौशाला, नयाँ बानेश्वर, चावहिल, थापाथली र कालिमाटी चोकमा ओभरहेड ब्रिज निर्माण गर्ने घोषणा गरेका हुन्। त्यसका लागि आवश्यक डिजाइनको काम सुरु भइसकेको मन्त्री महासेठको भनाइ छ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले चालू आर्थिक वर्ष भित्र काठमाडौंको सडकमा स्मार्ट लाइट व्यवस्थापन गर्ने योजना पनि अघि सारे। उनले त्यसका लागि सरकारले आवश्यक बजेटको समेत व्यवस्था गरिसकेको बताए।

मन्त्री महासेठले सरकारले काठमाडौंलाई एक वर्षभित्र सुन्दर सहरको रुपमा विकास हुने गरी पूर्वाधार निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य बनाएको दाबी पनि गरे। उनले मुलुकमा रेलसेवा सञ्चालनका लागि रेलमार्ग निर्माणको कामलाई पनि अघि बढाइएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad