कारोबार


विषादी परीक्षणपछि मात्रै तरकारी भित्र्याइँदै

विषादी परीक्षणपछि मात्रै तरकारी भित्र्याइँदै

नेपालखबर
साउन २७, २०७६ सोमबार ११:३९,

भारतबाट आयातित मात्रै नभइ सुदूरपश्चिम प्रदेशमा उत्पादन हुने तरकारीको विषादी परीक्षण एकाइले कडाइ गर्न थालेपछि यस क्षेत्रका उपभोक्ता खुशी भएका छन्। विषादी परीक्षण नगरेको तरकारी र फलफूल नेपालका बजारमा भित्रिनमा भन्सार कार्यालयले रोक लगाएको जनाएको छन्।

कैलाली धनगढीको अत्तरियामा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइले तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाइ गरेको जनाएको छ। पहिलेदेखि छड्के रुपमा विषादी परीक्षण गर्ने गरेको एकाइले सर्वोच्च अदालतको आदेश पश्चात भारतबाट आयात हुने फलफूल र तरकारीको विषादी परीक्षणमा कडाइ गरेको हो।

कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी भन्सारबाट नेपाल भित्रिने भारतीय तरकारी र फलफूलको नियमित रुपमा परीक्षण गरिरहेको फलफुल तथा तरकारी बिक्रेता बताउँछन्। भारतबाट आयातित मात्रै नभइ सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा उत्पादन भई कृषि उपज थोक बजार अत्तरीयामा ल्याइने तरकारी तथा फलफूलमा रहेको विषादी परीक्षण भइरहेको र परीक्षण पश्चात मात्रै ती वस्तुलाई उपभोक्तासम्म ल्याइने गरिएको व्यवसायी हेमराज पनेरुले बताए।

पहिले पनि विषादी परीक्षण हुने गरे पनि पछिल्लो समयमा नेपाल सरकारको निर्देशन अनुरुप नै विषादी परीक्षणमा थप कडाइ गरिएको विषादी अवशेष द्रुत विश्लेषण एकाइका प्रमुख जीतबहादुर थापाले बताए। भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गरेपछि मात्रै भन्सारले बजारमा आउन दिने गरेको छ।

तरकारी तथा फलफूलमा पाँच प्रकारको विषादी परीक्षण गर्नुपर्ने भए पनि स्रोत साधनको अभावमा हाल विषादी अवशेष द्रुत विश्लेषण एकाईले दुई किसिमको विषादी परीक्षण गर्ने गरेको प्रमुख थापाको भनाइ छ। उक्त एकाइमा कर्मचारी अभावमा विषादी परीक्षण गर्ने कार्य प्रभावित हुने गरेको छ। चारजना कर्मचारीको दरबन्दी रहेको सो एकाइमा हाल एकजना कार्यालय प्रमुख मात्रै छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad