पर्यटन विभागले पहिलो पटक सगरमाथा आधार शिविरमा डाक्टर पठाउने भएको छ। विभागले सन् २०२१ को वसन्त ऋतुमा डाक्टर पठाउन लागिएको जनाएको छ।
पर्यटन विभागकी निर्देशक मिरा आचार्यले वसन्त ऋतुको आरोहण समयमा पहिलो पटक दुई जना डाक्टर सगरमाथा आधार शिविरमा पठाउन लागिएको बताइन्।
डाक्टरहरूले आरोहीको आपतकालिन समस्या समाधान गर्ने छन्। आधार शिविरमा जाने डाक्टर स्वास्थ्य सेवा विभागले खटाउने छ।
‘सगरमाथा आधार शिविरमा सरकार स्वयमले डाक्टरहरु पठाउने कार्यको थालनी भएको छ’ आचार्य भन्छिन्, ‘यसले राज्यको उपस्थितिलाई बलियो बनाउँदै लैजाने अपेक्षा गरेकी छु।’

प्रतिक्रिया