ad ad

कारोबार


बाँकेलाई स्मार्ट बनाउँदै माछापुच्छ्रे बैंक

बाँकेलाई स्मार्ट बनाउँदै माछापुच्छ्रे बैंक

नेपालखबर
चैत ४, २०७७ बुधबार १२:१९,

माछापुच्छ्रे बैंकले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्यूआर कोड सेवा सुरुवात गरेको छ।

बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकैदिन नेपालगञ्जमा रहेको सनराईज यातायात, नेपालगञ्जकै न्यूरोडमा रहेको हङकङ बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समिति अन्तर्गत संचालनमा रहेका तरकारी तथा फलफुल पसलहरुमा क्यूआर कोड हस्तान्तरण गरेको छ।

बुधबार आयोजित छुट्टाछुटै अपौचारिक कार्यक्रम मार्फत नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्दप्रसाद नागिलाले ती स्थानमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुन्।

उक्त क्युआर कोड सेवा सुरु भएसँगै नेपालगञ्जबाट दाङ, धनगढी, बर्दिया रुटमा चल्ने सनराईज यातायातमा यात्रा गर्ने यात्रुले आफूले तिर्नुपर्ने गाडी भाडा क्यूआर कोड प्रयोग गरि सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् भने नेपालगञ्ज कै न्यूरोडमा रहेको हङकङ बजार, रानी तलाउमा रहेको कृषि उपज बजार तथा कोहलपुरमा रहेको कृषि बजारमा आफूले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफूल तथा लत्ताकपडाहरुको रकम समेत क्यूआर कोड बाट भुक्तानी गर्न सनेछन्।

आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापारीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ।

यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ इतिहासमा पहिलोपटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ।

अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा, अनलाइन मार्फत खाता एवम् मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .