ad ad

राजनीति


हामी मन, वचन र कर्मले एमाले विभाजन हुन दिँदैनौँ : योगेश भट्टराई

हामी मन, वचन र कर्मले एमाले  विभाजन हुन दिँदैनौँ : योगेश भट्टराई

नेपालखबर
चैत ४, २०७७ बुधबार १२:१९,

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफूहरुले समानान्तर कमिटी नबनाउने बताएका छन्।

राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा सचिव भट्टराईले आफूहरु एकताको पक्षमा रहेको बताए।

उनले सर्वोच्च अदालतले नेकपा माओवादी र एमालेको एकतालाई खारेज गरेका कारण संगठन २०७५ जेठ २  अवस्थामा फर्किनुपर्ने बताए।

उनले ओली समूहकाहरुले छुट्टिएर गए हुन्थ्यो भने पनि आफूहरुको भेला एमालेबाट छुट्टिनका लागि नभएको प्रस्ट पारे।

‘यो भेला एमालेबाट छुट्टिनका लागि गरेको होइन, त्यसो भएको भए  व्यानरमा अर्कै नाम  हुन्थ्यो’, ‘उताकाहरुलाई यिनीहरु छुट्टिएर गए हुन्थ्यो भन्ने छ, यो पार्टी निर्माण गर्न हाम्रो ठूलो भूमिका खेलको छौँ। हाम्रो मेहनत, पसिना छ, लाखौँ सदस्यको सहभागिता र नेताको भूमिका छ। मन, वचन र कर्मले यो पार्टी विभाजन हुन दिँदैनौँ।’

उनले पार्टीको सुदृढ एकताका लागि भेलाको आयोजना गरिएको बताए।

उनले  गत फागुन २३ गते सर्वोच्च अदालतले पार्टी एमाले र माअोवादीकाे एकतालाई अस्वीकार गरेपछि  पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्काएको र त्यसैका आधारमा एकता हुनुपर्छ भनेर भेला राखिएको बताए।

पहिलेको अवस्थामा प्रधानमन्त्री फर्किए एकता सम्भव भएको उनकाे भनाइ थियो।

‘अदालतको २०७५ साल जेठ २ गतेको संगठनमा फर्कनका निम्ति र त्यसैलाई नै एकताको मुख्य आधार बनाउनुपर्छ भन्नका लागि यो भेला आयोजना भएको हो’, उनले भने, ‘प्रधानमन्त्री त्यो अवस्थामा फर्किन तयार भए एकता त्यही छ।  फर्किनुबाहेक उहाँसँग अन्य विकल्प छैन।’

उनले आफूहरुले समानान्तर नभई २०७५ जेठ २ गतेको कमिटी चलाउने बताए। ‘हामी समान्नातर कमिटी चलाउँदैनौँ, २०७५ जेठ २ गतेको कमिटी चलाउँछौँ

उनले प्रधानमन्त्री ओलीले चैत ७ गते बोलाएको बैठक केन्द्रीय समितिको बैठक नभएको बताए। उनले आफ्ना माग सम्बोधन नगरेसम्म उक्त बैठक गुटको मात्रै बैठक बनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .