ad ad

कारोबार


चितवनको हाकिमचोकमा एनसीसी बैंकको नयाँ शाखा

चितवनको हाकिमचोकमा एनसीसी बैंकको नयाँ शाखा

नेपालखबर
चैत ३, २०७७ मंगलबार १०:२८,

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. (एनसीसी बैंक) ले चितवनको भरतपुरमा शाखा विस्तार गरेको छ।

एनसीसी बैंकले चितवन जिल्लाको भरतपुर महानगरपालिका, वडा नं. ९ स्थित हाकिमचोकमा आफ्नो शाखा संचालनमा ल्याएको हो। सोमबार एक औपचारिक कार्यक्रमका बिच एनसीसी बैँकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उक्त शाखा कार्यालयको उद्घाटन गरे।

अध्यक्ष न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, भरतपुर महानगरपालिका वडा नं ९ का प्रतिनिधि किशोर सापकोटा उपस्थित थिए।

सोही अवसरमा बैंकले विभिन्न व्यवसायहरुलाई वित्तिय कारोबारमा सहजताका लागि क्यू आर कोड हस्तान्तरण गरेको छ। क्यू आर कोड हस्तान्तरण गर्दै एनसीसी बैंकका संचालक समिति अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले स्थानीय निकायका पदाधिकारीहरुको समन्वयमा किसान केन्द्रित कार्यक्रम ल्याई बैँकले सेवा गर्ने जानकारी दिए।

साथै उनले बैंकिङ व्यवसाय व्यापारमुखि मात्रै नभई सेवामुखी भएकाले सेवालाई प्रधानता दिई व्यवसाय संचालन गर्नुपर्ने र एनसीसी बैंकका कर्मचारीहरुको मुख्य दायित्व नै ग्राहकको सेवा तथा सन्तुष्टी रहेको उल्लेख गरे।

बैंकले पैसाको सुरक्षा गर्ने मात्र नभई व्यापार र व्यवसायहरुलाई सहयोग गर्ने व्यवहारको विकास गरेमा ग्राहक र बैंकबीचको सम्बन्धलाई दिगो बनाउन सकिने बताए।

कार्यक्रममा आफ्ना भनाई राख्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठले भरतपुर क्षेत्रको समग्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि झण्डै २० हजार निजी व्यवसायीहरु रहेको र उनीहरु सबैसँग सहकार्य गर्न सकिने धारणा राखे। साथै उनले एनसीसी बैँकका कर्मचारीहरुसँग कार्य सहजता तथा उच्च स्तरको सेवा प्रदान गर्दै आएको अनुभव समेत साटे।

यस्तै चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले देशको अर्थतन्त्रमा उद्योग र उत्पादनसँग बैँक तथा वित्तिय सेवा बिचको सम्बन्ध तथा उद्यमशिलता प्रबद्र्धनका लागि एनसीसी बैँकको योगदान रहेको चर्चा गरे।

यसैगरि वडा नं ९ का प्रतिनिधि किशोर सापकोटाले आफू विगत १६–१७ वर्षदेखी बै‌कको ग्राहक रहेको र अहिले आफ्नै घर आँगनमा बैंकको शाखा खुलेकोमा खुसी व्यक्त गरे भने बैंकले कृषि क्षेत्र तथा रोजगारी प्रबद्र्धन हुने क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव समेत दिए।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै बैंकका सीईओ रमेशराज अर्यालले समग्र अर्थतन्त्र र व्यक्तिगत आर्थिक गतिविधिमा बैंकिङ क्षेत्रको अहम् भूमिका रहने भएकाले एनसीसी बैंकले सरल, सुलभ, समसामयिक, विश्वासिलो र सुरक्षित बैंकिङ सेवा प्रवाह गर्दै आएको र सो कार्यलाई निरन्तरता दिँदै हाकिम चोकमा शाखाको शुरुवात गरिएको उल्लेख गरे।

शाखाले चितवन जिल्लाको समग्र आर्थिक विकासका लागि सहयोग पुर्‍याउने अपेक्षा सहित सम्पूर्ण व्यवसायीहरुलाई बैंकमार्फत सेवा लिन अर्यालले अनुरोध गरे।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरि कुल १२८ शाखा सञ्चालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर सञ्चालित छन्। यस्तै देशभर जम्मा १०७ वटा एटीएम सञ्चालन गरी बैंकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .