कारोबार


आयल निगम भन्छः पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा हाम्रो ठूलो भूमिका हुँदैन

आयल निगम भन्छः पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा हाम्रो ठूलो भूमिका हुँदैन

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार ७:१८,

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा आफ्नो भूमिका नहुने स्पष्ट पारेको छ।

निगमका प्रबन्धनिर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रोल, डिजेल लगायतको पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका नहुने बताएका हुन्।

आयल निगमले बिक्री गर्ने तेलको मूल्य निर्धारण स्रोतमा हुने मुल्यको घटबढले निर्धारण गर्ने स्पष्ट पारे। डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मूल्यलाई घटबढ गराउने बताए।

बाहिर समाचारमा आए जस्तो निगमको आन्तरिक खर्च र व्यवस्थापनको खर्च धान्ने विषय मूल्यसँग नजोडिने बताए।

आयल निगमको खर्च धान्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने अबस्था नरहेको पनि बताए। प्राकृतिक हिसाबले मुल्य घटबढ हुने भएकाले मुल्य बढ्दा बढाउनुपर्ने र घट्दा घटाउनुपर्ने उनको भनाइ छ।

उनले भने, ‘हाम्रो कस्टिङमा स्रोत हाम्रो कहिल्यै महंगो छैन। हामीले जुन प्राइसमा किन्छौ त्यो महंगो हालेर हामीले किनेको छैनौं त्यो हामी सबैले बुझिदिनुपर्छ। निगमका खर्च, कर्मचारी खर्चहरु आउँछन्, त्यो चिज पनि आजको दिनसम्म पेट्रोलियम पदार्थ बिक्री गर्नै पर्दैन निगमलाई। निगमको अन्य स्रोतबाट पनि पुग्छ। त्यो चिजले गर्दा पेट्रोलियम पद्धार्थको मुल्यमा कुनैपनि असर आउँदैन। यो मूल्य बढ्नमा सरकारको, निगमको कुनै पनि ठूलो भूमिका छैन र यो प्राकृतिक हिसाबले नै बढेको छ।’

आयल निगमले मुल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर बिक्री गरेको पनि उनले बताए। मूल्यवृद्धि लामो समयसम्म रहे ठूलै लेभलको मूल्य समायोजन.गर्नुपर्ने अवस्था आउनसक्ने उनको भनाइ छ।

उनले भने, ‘यो मूल्यवृद्धि यसरी लामो समय रहने हो भने हामीले कुनै पनि पोइन्टमा आएर चाहिँ ठूलो लेभलको मुल्य समायोजन गर्ने परिस्थिति हुन्छ ।’

हाल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैँया, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९९ रुपैँया र खाना पकाउने एल पी ग्याँसको मुल्य १४ सय रुपैयाँ कायम गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad