१० वर्ष पहिले अपहरण गरेर १३ लाख रुपैयाँ फिरौती लिएका एक व्यक्ति पक्राउ परेका छन्।
सप्तरीको बरहीबिपुरका भोलेन्द्र प्रसाद यादवलाई बिहीबार राति घरबाटै पक्राउ गरेको सप्तरीका डीएसपी भुवनेश्वर प्रसाद साहले बताए।
उनले २०६७ पुस २६ गते साँझ गाउँकै १७ वर्षीय संजिव कुमार साहलाई अपहरण गरेका थिए।
अपहरणपछि उनीसहितका व्यक्तिले साहको परिवारसँग ५० लाख रुपैयाँ फिरौती रकम माग गरेका थिए।
५० लाख रुपैयाँ फिरौती माग गरेको भए संजिवको परिवारले साहलाई १३ लाख ५ हजार रुपैयाँ बुझाएका थिए।
छिन्नमस्ता मन्दिरमा पूजा गर्न गएको अवस्थामा उनीहरुले संजिवलाई अपहरण गरेका थिए।
पासवानविरुद्ध जिल्ला अदालत सप्तरीले ९ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। अदालतको फैसलापछि पनि फरार रहँदै आएका पासवान बिहीबार राति पक्राउ परेका हुन्।
४५ वर्षीय भोलेन्द्रलाई प्रहरीले शुक्रबार जिल्ला अदालतमा बुझाएको छ।

प्रतिक्रिया