ad ad

कारोबार


नेपाल–पेरू उद्योग वाणिज्य संघको अध्यक्षमा सन्दीप खेतान

नेपाल–पेरू उद्योग वाणिज्य संघको अध्यक्षमा सन्दीप खेतान

नेपालखबर
साउन २६, २०७६ आइतबार ७:३२,

नेपाल–पेरु उद्योग वाणिज्य संघको सातौं वार्षिक साधारण सभाले सन्दीप खेतानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

नेपाल लागि पेरूका अवैतनिक महावाणिज्यदूत सुमितकुमार अग्रवालको पमुख आतिथ्यतामा समपन्न साधारणसभाले खेतानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

कार्यसमितिका उपाध्यक्षमा राकेश कुमार सराबगी, सचिवमा कुमार खतिवडा, कोषाध्यक्षमा अनिल अग्रवाल चयन भएका छन्। त्यस्तै सदस्यहरुमा निर्मलराज पौडेल, ललित अग्रवाल र कुञ्ज बिहारी मोर चयन भएको सघंले जनाएको छ।

कार्यक्रममा बोल्दै नेपालका लागि पेरूका महावाणिज्यदूत अग्रवालले नेपाल र पेरूबीचको आर्थिक एंव कुटनीतिक सम्बन्धलाई थप कसिलो र मजबुद बनाउनका लागि संघको स्थापना गरेको बताए। संघ स्थापना पश्चात दुई देशबीचको व्यापार अभिवृद्धिका सबालमा थुप्रै काम भएको उनको भनाइ थियो।

अहिले नेपाल र पेरूबीचको व्यापार त्यति धेरै नभए तापनि पेरूबाट भने नेपालमा जिङक र आल्मुनियमको आयात भइरहेको उनले जानकारी दिए।

पेरुसँगको व्यापार घाटा ९५ प्रतिशतले बढेको भन्दै उनले निर्यातलाई बढवा दिने विषयमा छलफल भइरहेको बताउ।

‘निर्यातलाई बढवा दिन र हामो पयॅटन प्रवद्धनमा जोड दिन निकट भविष्यमै पेरू उद्योग वाणिज्य संघका पदाधिकारीसँग नेपाली बस्तुहरूको प्रबर्धनमा जोडदिने विषयलाई उच्च प्राथमिकतामा राखेका छौं’, उनले भने, ‘अहिले प्रविधि हस्तान्तरण तथा लगानी प्रवद्र्धनका सवालमा नेपाली उद्योग व्यवसायीहरुको प्रतिनिधि मण्डल छिटै नै पेरूको अध्ययन तथा अवलोकन भ्रमण निस्कने छ।’

नेपाल र दक्षिण अमेरिकी मुलुक पेरूबीच आर्थिक एवं व्यवसायी सम्बन्ध बिस्तारलाई जो दिन सन् २०१२ यस संघको स्थापना गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .