समाज


चीनमा लेकिमा आँधी आतंकः २८ जनाको मृत्यु, दश लाख विस्थापित

चीनमा लेकिमा आँधी आतंकः २८ जनाको मृत्यु, दश लाख विस्थापित

नेपालखबर
साउन २६, २०७६ आइतबार ७:९,

आँधीले निम्त्याएको पहिरो र बाढीका कारण मानिसहरुको मृत्यु भएको हो। अन्य १० जनाभन्दा बढी वेपत्ता भएको र उनीहरुको खोजी भइरहेको छ।

विस्थापित मानिसलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको जनाइएको छ।

शनिबार लेकिमा आँधीले वेनलिङ, ताइवान तथा चीनको वृत्तीय राजधानीको रुपमा परिचित सांघाइमा ठूलो क्षति पुर्याएको थियो।

लेकिमा विस्तारै जिजियाङ प्रान्तमा अगाडि बढिरहेको जनाइएको छ। फेरि यो सांघाइमा प्रवेश गर्नसक्ने खतरा भएको पनि बीबीसीले उल्लेख गरेको छ। सांघाइ २ करोडभन्दा बढी जनसंख्या भएको शहर हो।

Image result for china lekima typhoon

त्यहाँका प्राय मानिसहरु सुरक्षित स्थानमा गइसकेको जनाइएको छ।

आँधीको खतरा मध्यनजर गर्दै अधिकारीहरुले हजारभन्दा बढी विमानको उडान स्थगित गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .