कारोबार


काठमाडाैंमा हेल्थ वाइज पोलिक्लिनिक सञ्चालनमा

काठमाडाैंमा हेल्थ वाइज पोलिक्लिनिक सञ्चालनमा

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ९:१,

काठमाडौंको बानेश्वरस्थित भिमसेनगोलामा हेल्थ वाइस पोलिक्लिनिक आजदेखि सञ्चालनमा आएको छ।

फिलिपिन्समा सौन्दर्य उपचार (यष्थेटिक ट्रिटमेन्ट) मा उच्च शिक्षा हासिल गरी सो उपचारमा अन्तराष्ट्रिय अनुभव समेत हासिल गरेका युवाहरुको समूहले स्थापना गरेको उपचार केन्द्रको माइती नेपालको अध्यक्ष अनुराधा कोइरालाले उद्घाटन गरेकी हुन्।

कस्मेटिक सर्जरीको सेवालाई प्रमुख कार्य बनाएको यस पोलिक्लिनिकले स्वास्थ्य उपचार तथा सौन्दर्य उपचारलाई संयुक्तरुपमा अगाडी बनाउने उदेश्य राखेको छ। भने सौन्दर्य र स्वास्थ्य उपचार दुबै विधालाई एकैसाथ अगाडी लाने यो नेपालकै पहिलो पोलिक्लिनक रहेको संचालकहरुको दाबी रहेको छ।

पोलिक्लिनिक स्थापनाको केही समयभित्रै पूर्णरुपमा संस्थागत अस्पतालमा परिणत गरिने लक्ष्य रहेको जानकारी दिँदै संचालनकहरुले यस उपचार केन्द्रमा जोकसैले पनि सस्तो, भरपर्दो र सुलभ सेवा प्राप्त गर्न सक्ने बताए।

“नेपालमा सौन्दर्य उपचारको उच्च माग रहेता पनि प्रभावकारी तथा उत्कृष्ट सेवा प्रदान गर्ने उपचार केन्द्रको अभाव रहेकाले सोलाई परिपूर्ती गर्ने उदेश्यका साथ यस पोलिक्लिनिक संचालनमा ल्याइएको हो,” पोलिक्लिनिकका संचालक डाक्टर विजय भट्टराईले बताए।

polyclinic223

सौन्दर्य उपचारको लागि वर्षेनी दशाैँ लाख रुपैयाँ बाहिरिरहेको जानकारी दिँदै उनको पोलिक्लिनिकले उक्त रकम बिदेशिनबाट रोक्ने समेत उनले विश्वास व्यक्त गरे।

नेपालमै पहिलो पटक लेजर ट्रिटमेन्ट र कष्मेटिक सर्जरीको सेवा सुरु गर्न लागेको जानकारी दिँदै पोलिक्लिनिकका सेवाहरुले मानिसलाई शारिरिक र मानसिक रूपमा स्वास्थ्य राख्न र राम्रो देखिन सघाउने संचालकहरुले बताए।

यस पोलिक्लिनिकले सौन्दर्य उपचार अन्तर्गत हेयर ट्रान्सप्लाण्ट एण्ड रेष्टोरेशन, लेजर्स एण्ड एस्थेटिक, न्युट्रिशन एण्ड एड्भान्स् स्लिमि¨ र फेसियल प्लाष्टिक सर्जरी एण्ड कष्मेटिक सर्जरीअन्तर्गतका सेवाहरु दिनेछ भने स्वास्थ्य उपचारअन्तर्गत डर्माटोलोजी, इन्डोक्रिनोलोजी, नाक, कान र घाँटी, कार्डियोलोजी र अर्थोपेडीकअन्तर्गतका सेवाहरु दिनेछ।

हप्ताको सातै दिन बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला रहने यस उपचार केन्द्रले संचालनमा आएको अवसरमा आफ्ना हरेक ग्राहक तथा बिरामीहरुलाई एक महिनासम्म सबै खाले उपचारमा १५ प्रतिशतसम्मको छुट दिने घोषणा गरेको छ।

कार्यक्रममा बोल्दै पूर्वचिकित्सक संघको अध्यक्ष डा. अन्जनी कुमार झाले अन्य पोलिक्लिनिक भन्दा फरक सुविधा र सेवा यसमा पाइने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad