ललितपुरमा रहेको कुमारी छेँ र कुमारी घर पुनर्निर्माण हुने भएको छ।
०७२ सालको भुकम्पले क्षतिग्रस्त रहेको ललितपुरस्थित कुमारी छेँ र कुमारी घर भारत सरकारको अनुदानमा पुनर्निर्माण हुने भएको हो। मंगलबार भारतीय राजदुत विनयमोहन क्वात्राले ललितपुर महानगरपालिका वडा नं. १६ मा रहेको कुमारी छेँ र कुमारी निवासको शिलान्यास गरे।
विशेषगरी माटो र काठबाट निर्माण गरिएको कुमारी घर भूकम्प पश्चात क्ष्तिग्रस्त बनेको थियो।
भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ४ करोड ५५ लाख ९४ हजार ९ सय ८५ रुपैयाँ ३२ पैसाको लागतमा भइरहेको भौतिक संरचनाको पुनर्निर्माण र नयाँ कुमारी घर निर्माण गर्न लागिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाइ भवन आयोजना निर्देशक श्याम किशोर सिंहले बताए।
भौतिक संरचनाहरु पुरानै मौलिक स्वरुपमा बनाउने र सिमेन्ट डन्डीको प्रयोग नगरिने उनले बताए। डेढ वर्षमा सम्पन्न गरिसक्ने गरी बनाउन लागिएको भवन भूकम्प प्रतिरोधी बनाइने उनको भनाई छ।

प्रतिक्रिया