कारोबार


सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ‘नारी बचत खाता’ सुरुवात

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ‘नारी बचत खाता’ सुरुवात

नेपालखबर
फागुन २३, २०७७ आइतबार १३:१४,

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा आफ्नो ग्राहकवर्गको हितलाई मध्यनजर गर्दै ‘नारी बचत खाता’ को सुरुवात गरेको छ।

विशेषगरी १८ वर्ष उमेर नाघेका महिलाहरुको हितलाई ध्यानमा राखी उच्चतम ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नका लागि प्रदान गरिएको सुविधा भएको बैंकले जनाएको छ।

यस खाता खोल्ने ग्राहकलाई वाार्षिक ५ प्रतिशतका दरले मासिक रुपमा ब्याज भुक्तानी तथा लकर शुल्कमा पहिलो वर्षका लागि ५० प्रतिशत छुटको व्यवस्था साथै मोबाइल बैकिङ तथा भिसा डेविट कार्ड पहिलो वर्षको लागि निशुल्क गरिएको छ।

यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकका हाल सञ्चालनमा रहेका ९५ वटै शाखाहरुबा यो खाता खोल्न सकिने पनि बैंकले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad