कारोबार


‘मल्टिपल स्टार्स’का साथमा एफ१९ प्रो सार्वजनिक गरिने सम्भावना

‘मल्टिपल स्टार्स’का साथमा एफ१९ प्रो सार्वजनिक गरिने सम्भावना

नेपालखबर
फागुन २३, २०७७ आइतबार १२:४१,

अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले एफ–सिरिज अन्तर्गत सार्वजनिकको तयारीमा रहेको आफ्नो नयाँ फ्ल्यागशिप फोनका बारेमा सांकेतिक जानकारी दिन थालेको छ।

कम्पनीले आफ्ना सामाजिक सञ्जाल प्ल्याटफर्म मार्फत सुुरुवाती रुपमा ‘गेस दि ओपो स्टार’ क्याम्पेनको थालनी गरेको छ। टिजरहरु नियाल्दा आफ्नो नयाँ फ्ल्यागशिप मोडलका लागि कम्पनीले मल्टिपल स्टार्सका साथमा भब्य ईभेन्ट वा क्याम्पेनको तयारी गरिरहेको अनुमान लगाउन सकिन्छ।

नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक एफ–सिरिजका स्मार्टफोन ओपोद्वारा प्रस्तुत उत्पादनहरु मध्यकै सर्वाधिक लोकप्रिय सिरिजका रुपमा स्थापित छ। अब कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ१९प्रो मार्फत थप अगाडि लैजाने तयारी गरेको छ।

फोनमा प्रयोग हुने अल्ट्रा स्लिम बडी डिजाइन तथा अत्याधुनिक नवप्रबर्तनात्मक प्रविधिहरुका कारण ओपो एफ१९प्रो ले एफ सिरिजको मात्र नभइ समग्र ब्राण्डकै लोकप्रियतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको छ।

एफ–सिरिजलाई नयाँ उचाई प्रदान गर्ने लक्ष्य
ओपो एफ१९प्रोले हल्कापन र डिजाइनको परिभाषामै नयाँ आयाम थप्दै ओपो तथा एफ सिरिज अन्तर्गत कै सर्वाधिक फेशनेवल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ। हालसम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने कुनै आधिकारिक जानकारी दिएको छैन। तथापी, यही महिना भित्रै उत्पादन सार्वजनिक हुने सम्भावना प्रबल देखिन्छ।

हालसम्म कम्पनीले ओपो एफ१९प्रो का विशेषताहरुका बारेमा आधिकारिक जानकारी दिएको छैन। तर, सदाझैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रबर्तनात्मक प्रविधिहरु प्नि नयाँ फोनमा समावेस गरिने अनुमान हामी सहजै गर्न सक्छौँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad