कारोबार


रियलमी ६आई अब सस्तोमा, कति घट्यो मूल्य?

रियलमी ६आई अब सस्तोमा, कति घट्यो मूल्य?

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार १२:५१,

स्मार्टफोनको क्षेत्रमा छोटो समयमै लोकप्रिय मोबाइल फोन रियलमीको ‘मिड–रेन्जर’ फोन रियलमी ६ आईको नेपाली बजारमा मूल्य घटेको छ।

पाँचौँ संस्करणको व्यापक सफलता पछि क्यामेरा, पर्फमेन्स र विशेषतामा व्यापक सम्पादनका साथ कम्पनीले छैठौँ संस्करणको यो मोबाइल फोन बजारमा ल्याएको थियो।

‘मिडियाटेक हेलियो जी८०’प्रोसेसरलाई विश्वमै पहिलोपटक यस मोबाइल फोन मार्फत प्रयोगमा ल्याइएको थियो। जसमा सुनिश्चित शक्तिशाली र द्रूत प्रदर्शनका कारण यो फोन मूलधारका र अनलाइन गेम रुचाउने प्रयोगकर्ताका माझ रुचाइएको छ।

‘हेलियो जी८०’को प्रोसेसरका कारण यस श्रेणीको मोबाइल फोनमा विशिष्ठ ठहरिएको यो फोन अब किन्न चाहने नयाँ ग्राहकले ४-१२८ जीबी भेरियन्टमा रू. २३ हजार ९९० मा रियलमी ६ आई खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

यसमा अक्टाकोरको सीपीयू प्रयोग गरिएको छ। यसको पर्फमेन्स २ गिजा हर्जसम्म एकलकोरको भन्दा ३५ प्रतिशत बढी र अघिल्लो संस्करणको फोन भन्दा १७ प्रतिशत उत्कृष्ट रहेको छ। मलि–जी ५२ जीपीयुको प्रयोगका कारण पर्फमेन्स २५ प्रतिशतसम्म वृद्धि हुन सक्दछ जसले गुणस्तरीय तस्वीर खिच्नुका साथै गेमको स्थिर फ्रेम दर उत्कृष्ट बनाउँछ।

४८ एमपी क्यामेरा राखिएको फोनको सेन्सरले तस्वीर उत्कृष्ट र स्पष्ट खिच्न मद्दत गर्दछ। मुख्य क्यामेरामा ११९ डिग्री पर्ने गरी ८ एमपी अल्ट्रावाइड लेन्स, २ एमपी प्रोट्रेट र २ एमपी माइक्रो लेन्स मिलाएर सहायक लेन्सका रुपमा प्रयोग गरिएको छ। जसको परिणाम स्वरुप उत्कृष्ट फोटो÷भिडियोको अनुभूति ग्राहकहरुले गरिरहेको सर्वविदितै छ।

६.५ इन्च एचडी प्लस सानो ड्रप स्क्रिन डिस्प्लेका साथ उपलब्ध यो फोन‘द्यु ड्रप डिस्प्ले’भन्दा ३०.९ प्रतिशत सानो छ। यसमा राखिएको पूर्ण स्क्रिनले भिडियो हेर्दा र गेम खेल्दा प्रत्यक्ष अवलोकन गरिरहे जस्तो शानदार अनुभूति प्रदान गर्दछ। ५ हजार एमएएचको टिकाउ र भरपर्दो ब्याट्रीले १८ वाट फास्ट चार्जिङको सुविधा प्रदान गरेको छ भने त्रिपल सुरक्षाको विशेषता यसमा रहेको छ।

दुर्लभ स्प्रे कोटिङ प्रक्रिया अपनाएर सयौँपटक सफा गरिएको रियलमी ६ आईको डिजाइन नाओटो फुकसावाबाट प्रभावित छ। जसको परिणाम स्वरुप फोनको पछाडिको भाग चम्किलो देखिन्छ । यो फोन हरियो र सेतो गरी दुई नयाँ कलरमाउपलब्ध छ।

रियलमीआई ६ को दोस्रो संस्करणको फोन एन्ड्रोइड १० चाँडै नै बजारमा ल्याउने तयारी कम्पनीले गरेको छ।
रियलमी ६ आईको मूल्य घटेपछि अब नेपाली बजारमा यो फोन २३ हजार ९९० मै उपलब्ध हुने भएको छ।

रियलमी अत्याधुनिक आर्टिफिसियल टेक्नोलोजीलेको क्षेत्रमा नयाँ ट्रेन्डका रुपमा उदाएको लोकप्रिय ब्राण्ड हो। जसले उच्च क्वालिटीका मोबाइल फोनहरुको उत्पादन गरिरहेको छ। यस कम्पनीले विश्वमा टेक्नोलोजीप्रति चाँसो राख्ने युवाहरुलाई लक्षित गरि ‘चुनौतीदेखि उन्नतिसम्म’को नाराका साथ व्यापक विकास गर्दै जाने लक्ष्य लिएको छ। कम्पनीले आफ्ना नयाँ पछिल्ला उत्पादनहरुलाई आधुनिक टेक्नोलोजी र थप फिचर्सको प्रयोग गरी स्मार्टफोन प्रयोगकर्ताहरुसम्म पुगाउने बताएको छ।

२०१८ मे ४ देखि यसका संस्थापक स्काई लिले रियलमी फोनको उद्योग स्थापना गरेका थिए। रियलमी २०२० मा संसारका उत्कृष्ट ५० स्मार्टफोनमध्ये ७औँ नम्बरमा परेको थियो। हालसम्म यसका प्रयोगकर्ता ५० करोड नाघेका छन्। कम्पनीका संसारभर चीन, भारत, दक्षिण एसिया, युरोप, रसिया, अफ्रिका लगायतका देशगरी ३० वटा ठूला बजार रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad