कारोबार


कृषिमन्त्री अर्यालद्वारा सातै प्रदेशका मन्त्री र सचिवसँग छलफल

कृषिमन्त्री अर्यालद्वारा सातै प्रदेशका मन्त्री र सचिवसँग छलफल

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार १२:३५,

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले सातै प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग समन्वयात्मक बैठक गरेको छ।

कृषि तथा पशुपन्क्षी विकासमन्त्री पद्माकुमारी अर्यालको उपस्थितीमा सातै प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री तथा सचिवहरुको उपस्थितीमा बैठक बसेको हो।

त्यस अवसरमा देशैभर सञ्चालित कृषि तथा पशुपन्क्षी सम्बन्धी परियोजनाहरुको प्रभावकारिताका विषयमा समिक्षा गरिएको थियो।

त्यस अवसरमा बोल्दै कृषिमन्त्री अर्यालले विगतका दिनहरुमा काम गर्ने क्रममा भएका कमिकमजोरीलाई सच्याउदै अगाडी बढ्नुपर्ने बताए। सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्न कृषि क्षेत्रका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक रहेको उनको भनाई थियो। स्थानीय स्तरमा कार्यक्रम सञ्चालन हुने भएकाले स्थानीय पालिकासँगै प्रदेशको विशेष भूमिका हुनुपर्ने भन्दै उनले एकरुपता नभएका कार्यक्रमहरुलाई व्यवस्थापन गर्दै जान आवश्यक रहेको बताए।

‘नीति निर्माणको कुरा गर्दा विगतमा नीति निर्माण गर्ने निश्चित समयसीमा तोकिएका कारण हतारमा काम गर्नुपर्दा केही कुराहरु नमिलेका होलान्। तर ती कुराहरु अकाट्य हुँदैनन। त्यसलाई परिवर्नत गर्ने, नमिलेका केही कुराहरु मिलाउने काम हुन्छ’, मन्त्री अर्यालले भनिन्, ‘स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने भएकाले कृषि कार्यक्रममा विशेष ध्यान दिन आवश्यक छ। प्रदेशबाट सञ्चालन हुने कृषि परियोजनाहरु हेर्न लायकका हुनुपर्छ।’

त्यस अवसरमा बोल्दै बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रधानमन्त्री कृषि आधुनिकिकरण्लाई थप प्रभावकारी बनाउन सके सरकार तथा समग्र कृषि क्षेत्रमा ठुलो प्रगती गर्न सकिने बताए।

उनले कृषिका अनुदान कार्यक्रमलाई एकरुपता ल्याउनुपर्ने समेत बताए। त्यस्तै लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले कृषि बीमा कार्यक्रमको प्रभावकारिता नभएको भन्दै पशुतिर केही प्रभावकारी भएपनि कृषितिर भने त्यसले प्रभावकारिता पाउन नसकेको बताइन्।

प्रदेश नम्बर २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले संघीयता कार्यान्वयन गर्नका निम्ती नीति निर्माण गर्दा ध्यान दिनुपर्ने भएपनि त्यसमा केही त्रुटीहरु हुन गएको बताए। सबै प्रदेशका आ–आफ्ना विशेषताहरु रहेको भन्दै उनले आयात प्रतिस्थापन ऐनकै रुपमा लिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad