राजनीति


प्रधानमन्त्री को बन्ने भन्ने टुंगो एक/दुई दिनमै लाग्छ : प्रचण्ड

प्रधानमन्त्री को बन्ने भन्ने टुंगो एक/दुई दिनमै लाग्छ : प्रचण्ड

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार १२:२७,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री को बन्ने भन्ने कुराको टुंगो एक/दुई दिनमै लाग्ने बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन।

अबको प्रधानमन्त्रीको उम्मेदवार तपाईं नै हो भन्ने पत्रकारको प्रश्नमा उनले यसबारे प्रतिगमनका विरुद्ध आन्दोलनरत दलसँग छलफल भइरहेको बताए।

‘सबै राजनीतिक दलहरू जो संसद विघटनको विरुद्धमा हुनुहुन्छ, जसले प्रतिनिधिसभा विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी भनेर सडकमा गए ती सडकमा गएका दलहरूसँग मुद्दाको हिसाबले हाम्रो सहकार्य हुन्छ’, अध्यक्ष प्रचण्डले भने, ‘आन्दोलनमा सहकार्य भयो भने भोलि सरकार बनाउने कुरामा पनि सहकार्य हुन्छ। मलाई लाग्छ एक÷दुई दिनमा टुंगो लाग्छ।’

अध्यक्ष प्रचण्डले संसदीय दलको बहुमत सदस्यले आफूलाई नेतामा निर्वाचित गरेको भन्दै ओलीले तत्काल राजीनामा दिनु उनी र देश दुवैका लागि सहज हुने बताए। उनले ओलीले राजीनामा नदिए संसदीय प्रक्रियामै गएर उनलाई हटाउने बताए।

‘उहाँ (ओली)ले राजीनामा दिनुभएन भने संविधान, नियम, कानुन, प्रक्रियाअनुसार संसद्बाट नै समाधान खोज्छौं’, प्रचण्डले भने।

उनले प्रधानमन्त्री ओलीले राजीनामा नदिएर आफूहरुलाई अविश्वासको प्रस्ताव ल्याउन बाध्य पारेको बताए। ‘अविश्वासको प्रस्तावमा जान उहाँले बाध्य पार्नुभएको छ’, अध्यक्ष प्रचण्डले भने, ‘अब त्यहीँ बाटो जाने हो।’

 उनले आफूहरुले नेतृत्व गरेको पार्टी र संसदीय दल आधिकारिक रहेको दावी गर्दै ओली समूहमा लागेका हरुलाई मूलधारमा समाहित हुन आग्रह समेत गरे।

‘जो माननीय सदस्यहरू या पार्टीका साथीहरू भ्रममा हुनुहुन्छ र केपी गुटमा हुनुहुन्छ, उहाँहरूलाई मैले गम्भीरतापूर्वक जिम्मेवारीका साथ अपिल गरेको छु। पार्टी यही नै हो सबै यसमा केन्द्रित हौं, संसदीय दल भनेको यही नै हो। यही संसदीय दलमा केन्द्रित हुन अपिल गरेको छु’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad