कारोबार


कुमारी जब प्रालि र केसीएमआईटी कलेजबीच सम्झौता

कुमारी जब प्रालि र केसीएमआईटी कलेजबीच सम्झौता

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ११:५९,

लामो समयदेखि मानव संसाधन व्यवस्थापन ’रोजगारी, विकास र प्रर्वद्धन’ मा निरन्तर काम गर्दै आएको कुमारी जब प्रालि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी ’केसीएमआईटी’बीच सम्झौता भएको छ।

विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमुलक जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएमआइटीबीच सम्झौता भएको हो। कुमारी जब प्रालिका प्रबन्धनिर्देशक सन्देश भण्डारी र केसीएमआईटी कलेजका प्रिन्सिपल ललिता चन्दले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै कुमारी जब प्रालिका प्रबन्धनिर्देशक सन्देश भण्डारीले विद्यार्थीहरूको क्षमता अभिवृद्धिसम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने बताए।

यस्तै उक्त सम्झौतालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउन कलेज प्रतिबद्ध रहेको केसीएमआईटी कलेजका प्रिन्सिपल ललिता चन्दले बताइन्।

यस सहकार्यबाट अध्ययनरत विद्यार्थीहरुले उपयुक्त तालिमसहित आफ्नो सिकाइ क्षमतालाई अझ बृहत् बनाउन सक्ने छन् भने रोजगारको अवसर समेत पाउनेछन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी ’केसिएमआइटी’ नेपाली विद्यार्थीले नेपालमै बसेर पनि विश्वस्तरीय गुणस्तरीय अध्ययन गर्न पाउन भन्ने उद्देश्यका साथ स्थापित नेपालको गुणस्तरी कलेज हो।

यस कलेजले करिव दुई दशकदेखि विद्यार्थीहरुलाई कम लागतमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। तीनवटा स्नातक तहको अध्यन अध्यापन गराइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad