कारोबार


धरहराको २२औँ तला पनि ठडियो, सुनकाे गजुर राख्न बाँकी

धरहराको २२औँ तला पनि ठडियो, सुनकाे गजुर राख्न बाँकी

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ११:५२,

धरहराको २२औँ तल्लाको स्लाब निर्माणकार्य सम्पन्न भएको छ।

२०७२ सालमा भूकम्पले भत्काएको ९ तले धरहराको छेउमा बनाउन लागिएको २२ तल्ले धरहराको अब गजुर राख्ने कामा बाँकी रहेको छ।

गजुर राख्नको लागि डोमको निर्माण भइरहेको धरहरा निर्माण गरिरहेको रमन कन्सट्रक्सनका प्रोजेक्ट म्यानेजर श्याम श्रेष्ठले जानकारी दिए।

‘धरहराको २२औँ तल्लाको स्लाब राख्ने काम सकिएको छ, अब गजुर राख्नको लागि डोमको ढलान गर्दै छौँ’, श्रेष्ठले भने, ‘डोम निर्माण सम्पन्न भएपछि त्यसको माथि गजुर राखिन्छ।’

उनले पुरानै धरहराको गजुरमा सुनको जलप थप गरी राखिने बताए। गजुर राख्नको लागि १५ देखि २० दिन लाग्ने उनको भनाइ छ।

पुरानो धरहरामा भ¥याङ मात्रै रहेकोमा अहिले चढ्नको लागि लिफ्टको काम समेत भइरहेको छ। धरहरामा बाहिर र भित्र प्लास्टरको काम भइरहेको श्रेष्ठले जानकारी दिए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० गतेभित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो।

तर कोभिड १९को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरेपनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नौ महिना समय थपेको छ।

‘प्राधिकरणले अहिले असार सम्मको म्याद थप गरेको छ,’ श्रेष्ठ भन्छन् ‘धरहरा ठडाउने काम सकिएपनि बाँकी पार्किङ, म्युजियम लगाए साइडको काम गर्न समय पुग्दैन।’

उनले धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्नको लागि करिब १५ महिना लाग्ने बताएका छन् ।

२०७२ सालको भुकम्पले भिमसेन थापाको पालामा बनेको धरहरा भत्याएसंगै अवसेस मात्रै बाँकी रहेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले त्यसलाई म्युजियमको रुपमा राख्ने बताएको छ।

धरहरा क्षेत्रमा ४ सय वटा सानो गाडी र ७ सय वटा मोटरसाइकल पार्किङ गर्न क्षेत्र निर्माण हुँदै छ । २२ तला रहेको धरहराको कुल लागत ३ अर्ब ४५ करोड रुपैयाँ छ। धरहराको कुल क्षेत्रफल ४२.२ रोपनी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad