कारोबार


महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण

नेपालखबर
फागुन २०, २०७७ बिहिबार १०:७,

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको भैरहवा शाखाले सिद्धार्थनगर नगरपालिका–४, दोगहरामा अवस्थित श्री दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरेको छ।

सिद्धार्थनगर नगरपालिका वडा नं ४ का अध्यक्ष मुक्ति यादव र बैंकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले अभिभावकहरुलाई पोशाक वितरण गरेका हुन्।

कार्यक्रममा विद्यालयका व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, महालक्ष्मी विकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहको उपस्थिती रहेको थियो।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत थप प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad