समाज


अन्जुका आफन्तले बुझ्न मानेनन् शव, क्षतिपूर्ति र छानविनको माग

अन्जुका आफन्तले  बुझ्न मानेनन् शव, क्षतिपूर्ति र छानविनको माग

नेपालखबर
फागुन २०, २०७७ बिहिबार १०:१,

बुधबार बिहान ललितपुरको नक्खुमा जिपको ठक्करबाट ज्यान गुमाएकी अन्जु दाहालका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।

दुर्घटनाको उचित छानविन गरी दोषीलाई हदैसम्मको कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै आफन्तले शव बुझ्न अस्वीकार गरेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–२ की १९ वर्षीय अन्जु दाहालको क्याम्पस जाने क्रममा जिपको ठक्करबाट बुधबार बिहान ज्यान गएको थियो। स१ज ५६७ नं को जिपले बिहान साढे ५ बजे नक्खुस्थित चक्रपथ सडकमा ठक्कर दिएको ललितपुर प्रहरीले जनाएको छ।

गाडीले ठक्कर दिएर घाइते भएकी अन्जुलाई गाडी ब्याक गरेर मारेको आफन्तले आरोप लगाएका छन्। ठक्कर दिने गाडी र चालक खोटाङका प्रविण गिरीलाई प्रहरीले पक्राउ गरेको छ।

खोटाङ जान लागेको सुमो यात्रु लिन बल्खुतर्फ गइरहेको बेला ठक्कर दिएको प्रहरीले जनाएको छ।

बुधबार र बिहीबार आफन्त र क्याम्पस प्रशासनसँग वार्ता भएको छ। तर, अहिलेसम्म सहमति नजुट्दा आफन्तले शव बुझ्न नमानेका हुन्।

अन्जु कोटेश्वर क्याम्समा स्नातक पहिलो वर्षमा अध्ययनरत थिइन्। क्याम्पसले बिहीबार शोक सभा गरेको क्याम्पस प्रमुख गोविन्द कार्कीले बताए।

क्याम्पसका शिक्षक तथा विद्यार्थीले बुधबार केही समय चक्रपथ सडक बन्द गरेका थिए भने ललितपुर प्रहरी परिसर जावलाखेल अगाडि विरोध प्रदर्शन गरेका थिए।

अहिले यातायात सञ्चालक समिति र मृतका आफन्त तथा क्याम्पस प्रशासनबीच छलफल भइरहेको एसपी महर्जनले बताए।

प्रहरी प्रशासनले भने घटनाको निष्पक्ष अनुसन्धान गरेर दोषीलाई कानुन अनुसार कारबाही गर्ने प्रतिवद्धता जनाइसको प्रहरीको भनाइ छ। आफन्त र यातायात समितिबीच क्षतिपूर्तिको विषयमा सहमति भइसकेको छैन। कानुनअनुसार क्षतिपूर्ति दिन यातायात समितिले तयार रहेको बताए पनि आफन्तले भने गाडी पछाडि सारेर मारेको भन्दै यसमा सहमति जनाएका छैनन्।

शव पोस्टमार्टमपछि पनि पाटन अस्पतालमै राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad