कारोबार


आज १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, कसले किन्न पाउने?

आज १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, कसले किन्न पाउने?

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ५:३६,

नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८५ ‘ङ’ बिक्रीको लागि बोलकबोल गर्ने भएको छ।

राष्ट्र बैंकको ऋण व्यवस्थापन विभागले आठ वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्नलागेको हो।

ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ।

इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्र खरिद गर्न पाउनेछन्।

उक्त ऋणपत्र धितोमा कर्जा लेनदेन समेत गर्न पाइने राष्ट्र बैंकले जनाएको छ।

ऋणपत्रको आज अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ। खरिद गर्न चाहनेले अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल पेस गर्नुपर्नेछ।

आज बोलकबोलपछि भोलि ऋणपत्र निष्काशन हुनेछ। यसको सावाँ भुक्तानी २०८५ फागुन १९ गते हुनेछ। ब्याज भुक्तानी भने अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्नेछन्। यसअनुसार प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् साढे ८ अर्ब र डेढ अर्ब छुट्याइएको छ। त्यस्तै अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने र अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

ब्याजदर र बाँडफाँटको लागि बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्म कायम भएको कट अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई ऋणपत्र उपलब्ध गराइनेछ।

उक्त बोलपत्र घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाइनेछ। बोलपत्र प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउनेछैनन्।

यस्ता छन् अन्य शर्तः

nrb 8year bond

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad