कारोबार


स्मार्टडोकोले पायो इ–कमर्स एपको मान्यता, दुवै स्टाेरमा उपलब्ध हुने

स्मार्टडोकोले पायो इ–कमर्स एपको मान्यता, दुवै स्टाेरमा उपलब्ध हुने

नेपालखबर
फागुन १६, २०७७ आइतबार ८:३३,

नेपाली इ–कमर्स कम्पनी स्मार्टडोकोले भर्खरै आईएमएस ग्रुपको लगानीपछि ४.५ अंकसहित नेपालमा उच्च मूल्याङ्कन इ–कमर्स एपको रूपमा मान्यता पाएको छ।

स्मार्टडोको एक अनलाइन सपिङ्ग गन्तव्य हो। यसमा विभिन्न थरिको सामानहरु ग्राहकलाई विना झन्झट एक क्लिकमै उपलब्ध गराइन्छ।

स्मार्टडोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गरी दुई महिना अघि पुनः सुरू गरेको थियो। स्मार्टडोकोसँग अहिले १० हजारभन्दा बढी सामानहरू छ र यसले हरेक दिन आकर्षक बिक्रि र आश्चर्यजनक कारोबार गर्ने गर्दछ।

ग्राहकहरुले रिंगरोडभित्र निःशुल्क डेलिभरी, हरेक खरिदमा रिवार्ड पोइन्ट, भारी छुट र छुट कुपनहरू, सजिलै रिटर्न गर्न सकिने, भुक्तानी विकल्प (नगद/कार्ड/सेलपे/ई–सेवा/मास्टरकार्ड)जस्ता सुविधा पाउने कम्पनीले जनाएको छ।

स्मार्टडोको रिलन्च सोचेजस्तो नभए पनि उत्तम सेवा दिने प्रयास गरेको बताउँदै कम्पनीले दुवै प्ले–स्टोर र एप–स्टोरमा उच्च रेटिङ्ग इ–कमर्स एप हुन सफल भएको उल्लेख गरेको छ।

कम्पनीका अध्यक्ष तथा सीईओ दिकेश मल्होत्राले भने, ‘उत्कृष्ट सामान, मूल्य तथा कारोबार एवं उत्साहजनक अभियान मार्फत हामी ग्राहकहरुको सन्तुष्टि प्रदान गर्न र अपेक्षा बढाउन हाम्रा प्रयासहरु केन्द्रित गर्नेछौं र सबैभन्दा महत्वूर्ण कुरा, हाम्रा ग्राहकहरुलाई नेपालमा सबभन्दा बढी सुविधाजनक अनलाइन शपिंगको अनुभव दिन प्रयास गराउनेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad