ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
कम्पनीले १०० रुपैयाँका दरले ६६ करोडबराबरको ६६ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो।
तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ।
बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ।
आइपिओ निष्काशनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आर्इपीओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी दुई अर्ब २० करोड पुग्नेछ ।

प्रतिक्रिया