ललितपुरको सानेपामा रहेको नेशनल ओपन कलेजले आफ्नो २१ औँ वार्षिकोत्सव मनाएको छ।
बिहीबार भएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.प्रेम नारायण अर्याल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजेन्द्र राज वाग्ले, पूर्व सचिव ई. भिम उपाध्याय र राष्ट्रिय आबिष्कार केन्द्रका अध्यक्ष डा.महावीर पुनलाई सम्मान गरेका थिए।
त्यस अवसरमा मन्त्री श्रेष्ठले कलेजले हाल सम्म करिव २५०० उच्च स्तरको जनशक्ति उत्पादन गरि नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्तिको परिपूर्ति तथा रोजगार श्रृजनामा नेशनल ओपन कलेजले पुर्याएको योगदानको विवेचना गरे।
कलेजले सन् २००० देखि स्नातक तर्फ स्वास्थ्य सेवा व्यवस्थापन बीएचएमसी, व्यवस्थापन तर्फ बीबीए, जनस्वास्थ तर्फ बीपीएच तथा स्नाकोत्तर तर्फ स्वास्थ्य सेवा व्यवस्थापन एमएचसीएम र पोष्ट ग्राजुयट स्वास्थ्य सेवा व्यवस्थापन तर्फ पीजीडीएचएमसी जस्ता अन्तर्राष्ट्रिय स्तरमा बिषयहरु पठन पाठन गर्दै आइरहेकाे छ।
सन् २००० देखि हालसम्म १४० जना सो कलेजका विद्यार्थीहरु पोखरा विश्वविद्यालको विशिष्ठ उपाधि डिनस लिस्टमा पर्न सफल भएका छन्। ९० प्रतिशत भन्दा बढी विद्यार्थीहरुले आफ्नो अध्ययन पुरा गरि देश र विदेशमा आफ्नो पेशा गर्दै आइरहेको सो अवसरमा जानकारी दिइयो।
हाल सो कलेजको विभिन्न तह र संकायमा ५५२ विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन्। साथै कलेजमा पूर्णकालीन र आंशिक गरि ७० भन्दा बढि प्राध्यापक तथा कर्मचारी कार्यरत रहेको र कलेजले करिव १९५० वर्ग मिटर जग्गा तथा ५ वटा भवनहरुबाट सेवा प्रदान गर्दै आएको जानकारी गराइएको थियो।
कलेजको स्थापना विसं. २०५६ साल फागुन १२ गते भएको थियो।

प्रतिक्रिया