ad ad

कारोबार


विद्युतीय बस किन्न सरकारले ३ अर्ब दिएपछि साझाले ५ अर्ब पुर्‍यायो अधिकृत पुँजी

विद्युतीय बस किन्न सरकारले ३ अर्ब दिएपछि साझाले ५ अर्ब पुर्‍यायो अधिकृत पुँजी

नेपालखबर
फागुन ९, २०७७ आइतबार ७:२८,

ठूला बस सञ्चालन गरिरहेको साझा यातायातले आफ्नो चुक्ता पुँजी बढाएर ५ अर्ब रुपैयाँ पुर्याएको छ।

सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदको लागि ३ अर्ब रुपैयाँ दिने भएपछि कम्पनीले अधिकृत पुँजी ५ अर्ब पुर्याएको हो।

साझा यातायात सहकारी संस्था लिमिटेडको १३औँ साधारणसभाले संघीय सरकारले विद्युतीय बस खरिदको लागि उपलब्ध गराएको ३ अर्ब स्वीकार गर्दै पुँजीवृद्धिको निर्णय गरेको हो।

साझा यातायातका व्यवस्थापन महेन्द्र राज पाण्डेका अनुसार यसअघि १ अर्बको मात्रै अधिकृत पुँजी थियो।

‘विद्युतीय बस खरिदको लागि सरकारले ३ अर्ब रुपैयाँ साझामा लगानी गर्ने निर्णय गरेसँगै चुक्ता पुँजी साढे ३ अर्ब र अधिकृत पुँजी ५ अर्ब पुगेको छ’, पाण्डेले भने।

अधिकृत पुँजी भन्नाले कम्पनीले आफ्नो जारी पुँजी वृद्धि गर्न सक्ने अधिकतम सीमा भन्ने बुझिन्छ। यस्तो अधिकतम सीमा कम्पनीको प्रबन्धपत्र संशोधन गरी वृद्धि गर्न सकिने कानुनी व्यवस्था छ।

चुक्ता पुँजी भन्नाले कम्पनीद्वारा जारी गरिएको, सेयरधनीहरुले कबोल गरेको पुँजीमध्ये सम्बन्धित सेयरधनीहरुबाट चुक्ता गरिएको कुल पुँजी भन्ने बुझिन्छ।

यसैबीच, १३औँ साधारणसभाले साझा यातायात सहकारी संस्थाको अध्यक्षमा कनकमणि दीक्षितलाई नै निर्विरोध चयन गरेको छ।

महिला सदस्यमा बन्दना थापा सर्वसम्मत चुनिएकी छन्। त्यस्तै, भूषण तुलाधर र सुशील प्याकुरेल निर्वाचनबाट सदस्यमा चुनिएका छन्।

साधरणसभाले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७को लेखा परीक्षण पास गरेको छ। सरकारले हालै साझा यातायातलाई उपलब्ध गराउने निर्णय गरेको ३ अर्ब रुपैयाँसँगै विद्युतीय बस खरिदको लागि अगाडि बढाउने बताएको छ।

‘अब बस्ने सञ्चालक समितिको बैठकले विद्युतीय बस खरिदको लागि निणर्य गर्छ’, पाण्डेले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .