ad ad

राजनीति


ओलीको असंवैधानिक कदमलाई देउवाले साथ दिए : पौडेल

ओलीको असंवैधानिक कदमलाई देउवाले साथ दिए : पौडेल

नेपालखबर
फागुन ९, २०७७ आइतबार ७:१३,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई कांग्रेस सभापति शेरबहादुर देउवाले साथ दिएको बताएका छन्।

 आइतबार प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले देउवाको साथ र समर्थनका कारण ओली थप अधिनायकवादतर्फ उन्मुख भएको बताएका हुन्। उनले ओलीलाई देउवाको समर्थनपछि संविधान, लोकतन्त्र र गणतन्त्र धरापमा परेको बताए।

‘देउवाको साथ र समर्थन पाएपछि ओली झन् अधिनायकवादी बन्न थाले’, पौडेलले भने, ‘संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयता धरापमा पर्ने खतरा बढ्यो।’

नेता पौडेलले कांग्रेसको आधिकारिक निर्णय भनेको प्रतिनिधि सभा विघटन असंवैधानिक भन्ने रहेको बताउँदै कार्यकर्तालाई आन्दोलनमा लाग्न आग्रह गरे। उनले संविधान रक्षाको जिम्मा कांग्रेसको काँधमा आएको बताउँदै प्रतिनिधि सभा विघटनका विपक्षमा उभिन समेत आग्रह गरे।

उनले सरकारले गरेका भ्रष्टाचार, गैरसंवैधानिक नियुक्तिमा पनि देउवाले ओलीलाई साथ दिएको आरोप लगाए।

नेता पौडेलले केही दिनअघि पोखरामा सभापति देउवाको आन्दोलन गर्नका लागि पैसा नभएको भन्ने भनाइप्रति पनि आपत्ती जनाए। उनले पैसाले आन्दोलन नहुने बताउँदै लोकतन्त्र र संविधानका बचाउनका लागि आन्दोलनको विकल्प नभएको बताए।

 ‘आन्दोलन पैसाले गर्ने होइन’, उनले भने, ‘विचार र सिद्धान्तले आन्दोलन अगाडि बढाइ लोकतन्त्र र संविधान बचाउनु कांग्रेसको दायित्व हो।’

उनले कांग्रेसले अदालतको फैसलालाई मान्ने बताए पनि अदालतको फैसला कुरेर अहिले मौन बस्न नमिल्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .